१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेप्से बढयो, कारोबार कम

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ४.६२ अंकले बढयो । अघिल्लो दिनको तुलनामा यो ०.३९ प्रतिशतले बढी हो । बुधबार १ हजार १ सय ९४. ८१ विन्दुबाट सुरु भएको सेयर कारोबार पहिलो ३० मिनेटसम्म बढेको थियो ।

नेप्से बढयो, कारोबार कम

त्यसपछि ओरालो लागेको बजार डेढ घण्टामा १ हजार १ सय ९१ विन्दुमा ओर्लियो । यसरी दिनभर उतारचढावपूर्ण बनेको नेप्से १ हजार १ सय ९९.४२ विन्दुमा पुगेर बन्द भयो ।

कारोबारमा आएकामध्ये जलविद्युत्, बिमा र उत्पादन तथा प्रशोधन समूहका परिसूचक घटे । तर, बैंकिङ, होटल, विकास बैंक, वित्त कम्पनी, ‘अन्य’ र लघुवित्त समूहका परिसूचक बढे ।

करिब २ हजार ८ सय करोबारबाट १ सय ५७ कम्पनीका ८३ हजार ७ सय ३२ कित्ता सेयर किनबेच भए । ती करोबारबाट १७ करोड ३० लाख रुपैयाँ परिचालन भयो । मंगलबार २३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार सेयर बजारको आकार (कुल बजार पुँजीकरण) केही बढेर १४ खर्ब १८ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित : असार १४, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?