अर्थ / वाणिज्य
असार १५, २०७५

सत्तापक्ष सांसद भन्छन् ‘स्थानीय तहबाट आयोजना ल्याऊ’

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले प्रदेश र स्थानीय तहको क्षेत्राधिकार परेका निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजना केन्द्रले नै निर्माण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राखेका छन् ।

कमोडिटी एक्सचेन्जलाई ५ आवेदन

वस्तु बजार सञ्चालन अनुमतिका लागि हालसम्म पाँच कम्पनीको आवेदन परेको छ । एक्सचेन्ज कम्पनी सञ्चालनका लागि धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने वस्तु बजारसम्बन्धी ऐन तथा नियमावलीको व्यवस्थाअनुसार ती कम्पनीहरूले आवेदन दिएका हुन् ।

कुलेखानीको जेनेरेटर नेपालीले बनाउने

विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको विगत तीन सातादेखि बिग्रेको जेनेरेटर नेपाली प्राविधिकले मर्मत सम्भार गर्ने भएका छन् ।

विद्युत् ऐन संशोधनको तयारी

ऊर्जा मन्त्रालयले विद्युत् ऐन संशोधनको तयारी थालेको छ । ऐन संशोधनका लागि सरोकारवालाहरूसँग छलफल सुरु गरिएको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

कोलम्बियामा धेरै स्वरोजगार

विश्वको स्वरोजगारी (सेल्फ इम्प्ल्योइड) क्षेत्रमा युरोपेली मुलुकहरू अब्बल रहेको एक प्रतिवेदनले देखाएको छ । १५ मुलुकलाई समेटेर जारी तथ्यांकमा दक्षिण अमेरिकी मुलुक कोलम्बिया सबैभन्दा माथि रहेको उल्लेख छ । उसको स्वरोजगार दर ५१ दशमलव ३ प्रतिशत रहेको छ ।

असार १४, २०७५

योगदानमा आधारित पेन्सन: साउनदेखि लागू हुन नसक्ने

सरकारले आफ्नै घोषणाविपरीत साउन १ देखि नै राष्ट्रसेवक कर्मचारीको योगदानमा आधारित निवृत्तिभरण प्रणाली (पेन्सन फन्ड) लागू गर्न नसक्ने भएको छ ।

ठूला व्यवसायीलाई उन्मुक्ति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पद सम्हालेपछि मन्त्री मातृका यादवले ठूला व्यवसायलाई लक्ष्य गरी बजार अनुगमन गर्ने बताएका थिए । मुहानै सफा भएपछि बजार स्वत: सफा र व्यवस्थित हुने बताउँदै उनले उपभोक्ता ठग्ने ठूला व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे ।

बेतन कर्णालीको डीपीआर तयार हुँदै

कर्मचारी सञ्चय कोषले ६ सय ८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजनाको सम्भाव्यता र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्य अघि बढाएको छ ।

नेप्से बढयो, कारोबार कम

सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ४.६२ अंकले बढयो । अघिल्लो दिनको तुलनामा यो ०.३९ प्रतिशतले बढी हो । बुधबार १ हजार १ सय ९४. ८१ विन्दुबाट सुरु भएको सेयर कारोबार पहिलो ३० मिनेटसम्म बढेको थियो ।

भैरहवा सेजमा उद्योग आए

साढे तीन वर्षअघि उदघाटित मुलुकको पहिलो नमुना विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना सुरु भएको छ । विद्युत् अभाव देखाउँदै सेज र व्यवसायीबीच अविश्वास रहेकै अवस्थामा बुधबार शक्ति मिनरल्स प्रालिले उद्योग स्थापनाका लागि जग्गा सम्झौता गरी उद्योगको शिलान्यास गरेको हो ।

सर्वसाधारणको लगानी हुने १३ आयोजना पहिचान

ऊर्जामन्त्री वर्षमान पुनले एक दर्जन जलविद्युत् आयोजना सर्वसाधारणको प्रत्यक्ष लगानीमा बनाउने तयारी गरिएको बताएका छन् । विनियोजन विधेयकमा उठेका प्रश्नको संसदमा बुधबार जवाफ दिँदै ऊर्जामन्त्री पुनले १३ वटा आयोजना सर्वसाधारणको प्रत्यक्ष लगानीमा बनाउने तयारी भएको जानकारी दिए ।

नाम मात्रैका उद्योगको छानबिन गरिने

सरकारी रेकर्डमा दर्ता भई सञ्चालन नभएका उद्योगको छानबिन हुने भएको छ । केही उद्योगले उत्पादनको नाममा आयातित सामान नेपाली टयाग राखेर बिक्री गरेको गुनासोपश्चात उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो ।