कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महँगा फुटबलर्स

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — सामान्यता फुटबललाई जोसिलो र भावनात्मक खेलका रूपमा लिने गरिन्छ । वर्षौंयता रोमाञ्चक र आकर्षक खेलका रूपमा स्थापित फुटबलमा पछिल्लो समय तीव्र मौद्रिक साझेदारी पनि सुरु भएको छ ।

महँगा फुटबलर्स

यसले खेलाडीको महत्त्व मात्रै बढाएको छैन, उनीहरूको आम्दानीमा समेत वृद्धि भएको छ । रसियामा हाल विश्वकप फुटबल जारी छ । यही मेसोमा फुटबलका धनाढय खेलाडीहरूबारे जान्ने उत्सुकता धेरैको हुन सक्छ । यहाँ विश्वका पाँच चर्चित र धनाढय खेलाडीहरूलाई विषय वस्तु बनाइएको छ ।

अर्जेन्टिनाको रोसारियोमामा जन्मेका ३१ वर्षीय लिओनेल एन्ड्रेस मेसी फुटबलमा फोबार्ड खेल्ने चर्चित खेलाडी हुन् । उनका बुबा एउटा स्टिल फयाक्ट्रीका प्रबन्धक र आमा चुम्बक उत्पादन कम्पनीमा कार्यरत थिए । चार वर्ष उमेरमा उनी स्थानीय क्लब ग्रान्डोलीमा आबद्ध भएका थिए । त्यहाँ प्रशिक्षक बुबाबाट उनले फुटबलको कौशलताहरू सिकेका थिए । छ वर्ष उमेरमा उनी रोसारियो क्लबमा आबद्ध भए । छ वर्षभित्र न्युवेल्सका लागि खेलेका उनले गोलको वर्षा गर्न थालेका थिए ।

मेसीले व्यावसायिक फुटबलर्सका रूपमा बार्सिलोनाबाट आफ्नो करियर सुरु गरेका हुन् । मेसी सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडीहरूको सूचीमा माथि छन् । बार्सिलोना स्टारले पछिल्लो वर्षको अन्त्यतिर एउटा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यो समझदारीपछि उनी नाउ क्याम्पमा रहनुपर्ने छ । मेसीलाई तलबबाट ८४ मिलियन डलर र विभिन्न सम्झौताबाट २७ मिलियन डलरसहित कुल १ सय ११ मिलियन डलर प्राप्त हुनेगर्छ ।

अर्जेन्टिनाले सबै प्रतियोगिताहरूमा ४५ गोलका साथ शीर्ष ५ युरोपेली लिगमा उच्च स्कोरिङ खेलाडीका रूपमा उनले २०१७/१८ सत्र समाप्त गरिसकेका छन् । उनी एडिडास र गेटोरेड, पेप्सी, ओडेडु, हुवाई र हाकर्ससहितका कम्पनीसँग आजीवन अनुबन्ध सम्झौता गरिसकेका छन् ।


पोर्चुगलको फुन्चल म्याडेरामा ३३ वर्षअघि क्रिस्टिआनो रोनाल्डो डोस सान्तोस एभेरोको जन्म भएको हो । उनको बुबा नगरपालिकाको बगिचे र पार्टटाइम किट म्यान तथा आमा कुकको काम गर्छन् ।

एउटा बालकका रूपमा उनले अमेचर टिम एन्डोरिन्हामा समेत खेलिसकेका छन्, त्यहाँ उनको बुबा किट म्यानका काम गर्थे । १२ वर्षको उमेरमा रोनाल्डोले स्पोर्टिङ सीपीमा तीनदिने ट्रायलका लागि गएका थिए, त्यहाँ उनले राम्रो प्रदर्शन गरेपछि १५ सय पाउन्डमा खेल्न सम्झौता गरेका थिए । १४ वर्षकै उमेरमा रोनाल्ड सेमी प्रोफेसनल फुटबल खेलाडी बनेका थिए ।

१६ वर्षको उमेरमा उनी पहिलो ल्यास्जलो बोलोनी टिमको प्रबन्धकका रूपमा युवाहरूलाई फुटबलको प्रशिक्षण दिन नियुक्त भएका थिए । क्रिस्टियानो रोनाल्डो धनाढय फुटबल खेलाडीमध्येका एक हुन् । रियल म्याड्रिड मेगास्टारको कुल कमाइ १०८ मिलियन डलर रहेको छ । उनको तलब ६१ मिलियन डलर र थप ४७ मिलियन डलर इन्डोर्समेन्टसबाट प्राप्त हुने गरेको छ । उनले एउटा च्याम्पियन लिगको फाइनलपछि आफू खेल्न क्लबमा तलबमा वृद्धि गराउने उद्देश्यले ब्ल्याकमेल गरेको आरोपसमेत उनीमाथि लागिसकेको छ । पाँचपटक ब्लोन डीओआर विजेताले सीआर ७ ब्रान्डेड उत्दानहरूको बढदो लोकप्रियताका साथ नाइक, ईए स्पोर्टस र अमेरिकी टुरिस्टका साथ सम्झौता गर्न सफल भइसकेका छन् ।

ब्राजिलको मोगी डयास क्रुजेजमा २६ वर्षअघि जन्मेका नेयमर डा सिल्भा सान्तोस जुनियर फुटबलमा फरवार्ड खेलाडीका रूपमा चर्चित छन् । उनका बुबा पनि एकजना चर्चित फुटबल खेलाडी हुन् । उनले फुटबलमा उपलब्धि हासिल गर्नमा बुबाको महत्त्वपूर्ण भूमिका रहेको विभिन्न अन्तर्वार्तामा बताउने गर्छन् । सुरुको समयमा उनी फुस्टलसँग स्ट्रिट फुटबल खेल्न रुचाउँथे । उनी सानै उमेरमा व्यावसायिक खेलाडी बनिसकेका थिए ।

१५ वर्षमै नेयमरले फुटबल खेलेरै प्रतिमहिना १० हजार रेइज (ब्राजिलियन मुद्रा) कमाउने गर्थे । १६ वर्षको उमेरमा त्यो रकम १ लाख २५ हजार प्रतिमहिना पुगेको थियो । १७ वर्षमा उनी पूर्णकालीन व्यावसायिक फुटबल खेलाडी बन्न सफल भए । उनको क्लब करियर सान्तोसबाट सुरु भएको बताइएको छ । फोब्र्सका अनुसार नेयमरको तलब ७३ मिलियन डलर रहेको छ । वार्षिक ९० मिलियन डलरको कुल कमाइमा उनी एन्ड्रोमेन्टसबाट १७ मिलियन डलर प्राप्त गर्छन् । विश्वव्यापी प्रायोजकहरूको नाइक, रेड बुल, जिलेट, म्याकडोनाल्डलगायतका अन्तर्राष्ट्रिय कम्पनीसँग समेत उनको आबद्धता छ ।

बेलायतको कार्डिफमा २८ वर्षअघि जन्मेका ग्यारेथ फ्रांक बेल एकजना वेल्स व्यावसायिक फुटबलर्स हुन् । उनका बुबा स्कुलका केयरटेकर र आमा अपरेसन्स म्यानेजर थिइन् । उनी विद्यालयका विद्यार्थी छँदै नौ वर्षको उमेरमा पहिलोपटक फुटबल खेलमा सहभागी भएका थिए । उनले कार्डिफ सिभिल फुटबल क्लबबाट पहिलोपटक खेलको थिए ।

पछि ठूलो हुँदै गएपछि राम्रो खेलाडीका रूपमा उनको लोकप्रियता बढदै गयो । वेल्सम्यानले लिभरपुलको विरुद्ध आफ्नो विस्मयकारी साइकल किकका साथ चर्चामा आएका हुन् । पछिल्लो पाँच वर्षमा रियल म्याड्रिडलाई आफ्नो १३ औं च्याम्पियन्स लिगको उपाधि दिलाए ।

सन् २०१३ मा ९० मिलियन पाउन्डको रेकर्ड ब्रेक्रिङ ट्रान्सफर सुल्का लागि रियल म्याड्रिडद्वारा बेललाई अनुबन्ध गरेको थियो । त्यसयता उनले लस ब्ल्यांकोसको ला लिगा, ४ च्याम्पियन लिगको उपाधि, २ यूईएफए सुपर कप र २ फिफा क्लब विश्वकपमा खेलिसकेका छन् । खेलबाटै बेलको वार्षिक आम्दानी ३४.६ मिलियन अमेरिकी डलर रहेको छ । यसमा उनी ६ दशमलव ६ मिलियन डलर इन्ड्रोसमेन्टस र २८ दशमलव ६ मिलियन तलबबाट कमाउँछन् ।

पउल ल्याबिले पोग्बा २५ वर्षअघि फ्रान्सको ‘ल्याग्नी–सर–मार्ने’ मा गिनियन परिवारमा जन्मेका हुन् । उनले छ वर्षकै उमेरमा गृहनगरबाट केही माइल दक्षिणमा अवस्थित ‘युस रोइसी (इन–ब्राई’ क्लबका लागि फुटबल खेलेका थिए । युस टर्सीबाट खेल्नुअघि उनी उक्त क्लबमा सातवटा सिजनसम्म खेल्न भ्याएका थिए । टर्सीमा भने अन्डर १३ टिमको क्याप्टेनको जिम्मेवारी पाएका थिए । टर्सीमा एक सिजन खेलेपछि उनी ‘ले हाभ्रे’ क्लबमा संलग्न भए ।

उनी क्लबबाट आफ्नो सिजनको खेलमा अन्डर १६ टिमको क्याप्टेन भई अन्तित चरणको घरेलु लिग खेलेका थिए । ‘मिड फिल्डर’ खेलाडी पोग्बा सन् २००९–११ सम्म म्यान्चेस्ट युनाइटेमा आबद्ध भए । उनले सिनियर करियरका रूपमा म्यान्चेस्टर युनाइटेडसका साथै सन् २०१२–१६ सम्म जुभेन्टसमा समेत खेलका थिए । पोग्बाले फ्रान्स यू १६ देखि फ्रान्सको राष्ट्रिय टिममा समेत खेल्ने अवसर पाए ।

सन् २०१६ मा म्यानचेस्टर युनाइटेडले पउल पोग्बालाई आफ्नो पूर्वक्लबमा फिर्ता गर्नका लागि इटालीको जुभेन्टसलाई ८९ मिलियन पाउन्ड भुक्तानी गरेको थियो । यो शुल्कले फ्रेन्चम्यानलाई सबैभन्दा महँगो फुटबलर बनाइदियो । ‘फोब्र्स’ का अनुसार पोग्बाले २५ मिलियन डलर तलब र एन्ड्रोमेन्टसबाट ४ दशमलव ५ मिलियन डलरसहित वार्षिक रूपमा २९ दशमलव ५ मिलियन डलर कमाउँछन् । मिडफिल्डर, जो आफ्नो अनौठो हेयरडोजका लागि लोकप्रिय छन् । उनी करिब ३१ मिलियन डलरमा एडिडाससँग १० वर्षको अनुबन्धन गरेका छन् ।

उनले म्यान्चेस्टर युनाइटेडका लागि २८ एपियर्‍यान्समा ६ गोल र १० वटामा सहयोग गरेका थिए । यसले ५३ अन्तर्राष्ट्रिय क्याप्स जितिसकेका छन् ।

स्रोत : एजेन्सी

प्रकाशित : असार १६, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?