सरकारले ५ क्षेत्रमा ७ हजार किलोमिटर प्रसारण लाइन आवश्यक पर्ने अनुमानसहित गुरुयोजना सार्वजनिक गरेको छ । देशका विभिन्न स्थानमा उत्पादित विद्युत् राष्ट्रिय ग्रिड प्रणालीमा जोड्ने र अन्य देशमा निर्यात गर्ने प्रसारण लाइनको पहिचान गरिएको गुरुयोजना आइतबार ऊर्जामन्त्री वर्षमान पुनले सार्वजनिक गरेका हुन् ।
पछिल्ला वर्षहरूमा बैंकिङ कसुरका मुद्दा उच्च दरले बढेको छ । बैंकिङ कारोबार बढेसँगै चेक बाउन्स, एटीएमबाट पैसा चोरी, ठगीलगायत गतिविधिमा बढोत्तरी आएको छ । यससँगै बैंकिङ कसुरका मुद्दा पनि बढेका हुन् ।
सरकारले ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीलाई निर्माण क्षेत्रमा पर्ने वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
लोप हुने अवस्थामा पुगेका रैथाने बालीहरूको संरक्षण गर्नका लागि मटा गाउँपालिकाका स्थानीयले सामुदायिक बीउ बैंकको स्थापना गरेका छन् । बीउ बैंकको स्थापना गरेर अस्तित्व नै खतरामा परेका बालीहरू संरक्षणको अभियान सञ्चालन गरिएको हो ।
जर्मनीको थिस्सेनक्रुप र भारतको टाटा स्टिलले युरोपियन स्टिल अपरेसन्सलाई एउटा नयाँ कम्पनीमा विलय गरी सञ्चालनमा ल्याउने सम्झौता गरेको छ । फर्मलाई विलय गर्नेबारे सम्झौतामा दुई कम्पनीका प्रतिनिधिहरूले शनिबार हस्ताक्षर गरेका छन् ।
डेढ वर्षको अन्योलपश्चात् भारतले ५३ वटा ग्यास बुलेटका लागि विस्फोटक लाइसेन्स दिने इच्छा देखाएको छ । विस्फोटक लाइसेन्सकै कारण बुलेट भारतमा अलपत्र परेको आलोचना बढेपछि तत्कालका लागि ५३ वटालाई दिने इच्छा देखाएको हो ।
किसानले जथाभावी रासायनिक मल र बिषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै गएको पाइएको छ । फलेबास नगरपालिकाले आयोजना गरेको माटो परीक्षण शिविरमा तीन खेती हुने जमिनको माटो बढी बिग्रिएको प्राविधिकले निष्कर्ष निकालेका हुन् ।
नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको छ । १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिदका बिक्रीका लागि भएको सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ ।
पोखराको फेवाफाँटमा धान दिवस एवं १५ औं असारे रोपाइँ महोत्सव मनाइएको छ । पोखरा पर्यटन परिषद्ले फेवा तालपारि पामेको चार रोपनी खेतमा महोत्सव आयोजना गरेको हो ।
सामान्यता फुटबललाई जोसिलो र भावनात्मक खेलका रूपमा लिने गरिन्छ । वर्षौंयता रोमाञ्चक र आकर्षक खेलका रूपमा स्थापित फुटबलमा पछिल्लो समय तीव्र मौद्रिक साझेदारी पनि सुरु भएको छ ।
कर्णालीका हिमाली जिल्लाका बासिन्दालाई एउटा पिरलो छ, प्रदेश राजधानी सुर्खेतसँग सीधै हवाई सम्पर्कमा कसरी जोडिने ?’ जुम्ला, मुगु, हुम्ला र डोल्पाका बासिन्दाहरूलाई अझै पनि यही सकस छ ।