कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

मूल भन्सारले उत्साह

टीकापुर — कैलालीको सत्ती छोटी भन्सार कार्यालयलाई ७ नम्बर प्रदेशको मूल भन्सार बनाउने निर्णयले टीकापुर क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् । मूल भन्सार बनेपछि यस क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउने आशाले उनीहरू उत्साहित बनेका हुन् ।

मूल भन्सारले उत्साह

मूल भन्सारको निर्णयले टीकापुरमा बिहीबार दीप प्रज्वलन पनि भएको छ । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रशुराम चपाईंले सत्ती छोटी भन्सारलाई मूल भन्सार बनाउने निर्णयले सबभन्दा बढी खुसी संघलाई भएको बताए । मूल भन्सार भएपछि यहाँको भन्सार पनि व्यवस्थित हुने र राजस्व चुहावटको स्थिति कम हुने उनले बताए ।

नेकपाका स्थानीय नेता खड्क शाहले टीकापुर घटनाका कारण टीकापुरको नकारात्मक टीकाटिप्पणी मात्र बाहिर गएकाले यसलाई चिर्न मूल भन्सार बनेपछि निकै सहयोगी हुने बताए ।

कांग्रेसका क्षेत्रीय अध्यक्ष भुवनेश्वर अधिकारीले मूल भन्सारले विकासको वातावरण सिर्जना गर्ने बताए । उनले भने, ‘छोटी भन्सारमा क्वारेन्टाइन छैन । अब क्वारेन्टाइन र कन्टेनर राख्ने व्यवस्था होला । यसले सामान आयात–निर्यातमा निकै सहजता ल्याउँछ ।’ टीकापुर उद्योग वाणिज्य संघका महासचिव रामबहादुर भण्डारीले भने, ‘यो नाकाले प्रदेश ७ को मात्र नभई ६ नम्बर प्रदेशका लागि पनि यो नाका सहज हुन्छ ।’

यो निर्णय चाँडो कार्यान्वयनका लागि टीकापुर क्षेत्रका बासिन्दा लाग्नुपर्ने आवश्यक रहेको भण्डारीले सुनाए । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कैलालीको खक्रौला नाकालाई स्तरोन्नतिमा नपारेपछि टीकापुर क्षेत्रका बासिन्दा आक्रोशित थिए ।

प्रकाशित : असार २३, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?