२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२
अर्थ / वाणिज्य

Nepali Business & Economics News

रोपाइँ २२ प्रतिशत

कृषि विभागले हालसम्म देशभर २२ प्रतिशत रोपाइँ सकिएको दाबी गरेको छ । विभाग मातहतको कृषि प्रसार निर्देशनालयका अनुसार कुल धान खेती हुने १५ लाख ५२ हजार हेक्टरमध्ये ३ लाख ४२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिसकेको छ ।

रोपाइँ २२ प्रतिशत

माछापालन थप ६० हेक्टरमा विस्तार

प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मोरङमा दुई वर्ष अवधिमा थप ६० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार भएको छ । गत वर्ष ४५ हेक्टर र यस वर्ष १५ हेक्टरमा गरिएको छ ।

माछापालन थप ६० हेक्टरमा विस्तार

तरकारी खेतीमा रमाउँदै

सदरमुकामस्थित तरकारीको थोक विक्रेताकहाँ बराबर भेटिने रामप्रसाद रेग्मीले डोकोमा तरकारी ल्याएर बेच्न थालेको १० वर्ष भयो । वैदेशिक रोजगारीका लागि मलेसिया गएका उनले त्यहाँ बसेर कमाइ गर्न सकेनन् । बरु ऋण तिर्नसमेत समस्या भयो ।

तरकारी खेतीमा रमाउँदै
असार २३, २०७५

बिजुलीको मूल्य बढाउने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

नेपालले भारतबाट आयात गर्दै आएको बिजुलीको मूल्य बढाउन भारतीय पक्षले राखेको प्रस्ताव अस्वीकार गरेको छ । नेपाल–भारतबीचको विद्युत आदानप्रदान समिति (पावर एक्स्चेन्ज कमिटी) को नयाँ दिल्लीमा बिहीबार र शुक्रबार भएको बैठकमा नेपाली पक्षले भारतबाट खरिद गर्दै आएको विद्युतको मूल्य नै पहिल्यै महँगो भएकाले गर्दै त्यसमा वृद्धि गर्न नहुने अडान राखेको हो ।

बिजुलीको मूल्य बढाउने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

विकास निर्माणमा असारे रोग

वर्षा सुरु भएसँगै मुलुकभर विकास निर्माणको लहर चलेको छ । अविरल वर्षाकै बीच कतै सडक खन्दै गरेको त कतै पिच गर्दै गरेको दृश्य नौला लाग्न छाडिसकेका छन् । असार लागेपछि महिनौंदेखि रोकिएका निर्माणले गति लिने एक प्रकारको परम्परा बसिसकेको छ ।

विकास निर्माणमा असारे रोग

मूल भन्सारले उत्साह

कैलालीको सत्ती छोटी भन्सार कार्यालयलाई ७ नम्बर प्रदेशको मूल भन्सार बनाउने निर्णयले टीकापुर क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् । मूल भन्सार बनेपछि यस क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउने आशाले उनीहरू उत्साहित बनेका हुन् ।

मूल भन्सारले उत्साह

ह्विस्कीमा रम्ने मिस्त्री

भारतमा जन्मेका ८९ वर्षीय पाल्लोन्जी मिस्त्री हाल आयरल्यान्डका सर्वाधिक धनाढ्य हुन् । १५ वर्षअघि आइरिस नागरिक बनेका उनी सधैं ‘लोप्रोफाइल’ मा बस्न रुचाउँछन् । आफूलाई प्रचार सामग्री कहिले बनाउन चाहेनन् । त्यसैले मिडियाबाट सधैं टाढा रहने गर्छन् ।

ह्विस्कीमा रम्ने मिस्त्री