२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

कारोबार रकम बढयो

काठमाडौँ — गत साता स्टक एक्सचेन्जमा सेयरको कारोबार बढेको छ । स्टक एक्सचेन्जका अनुसार सातामा एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयर खरिद–बिक्री भएका छन् ।

कारोबार रकम बढयो

कारोबार रकम अघिल्लो साताको भन्दा २८.३९ प्रतिशत बढी हो । अघिल्लो साता एक अर्ब चार करोड १६ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । साताभर १ सय ८४ कम्पनीको सेयर किनबेच भएको स्टक एक्सचेन्जले जनाएको छ ।

यो साता नेप्से परिसूचक ३९.८८ अंकले बढेर अन्तिम दिन १२२४.४१ मा पुगेको छ । बढेर २५७.४६ मा पुगेको छ । वित्तीय क्षेत्रका कम्पनीहरूको परिसूचक बढेकाले नेप्सेमा सकारात्मक प्रभाव परेको हो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३४ अंकले बढेको छ ।

साताभर ६४१ कारोबार भएकामा रकमका आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सात करोड ४२ लाख ३० हजार रुपैयाँले अग्रता लिएको छ । सेयर संख्याका आधारमा प्राइम कमर्सियल बैंक एक लाख ५५ हजार कित्ता कारोबार भई अगाडि छ ।

प्रकाशित : असार २४, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?