कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

धुलिखेल-पोखरा पर्यटकीय बस सञ्चालन हुने

काठमाडौँ — पर्यटकीय नगरी पोखरा र धुलिखेललाई जोड्न तहल्का टुर्स एण्ड ट्राभल्सले पर्यटकीय बस सञ्चालनमा ल्याउने भएको छ । 

धुलिखेल-पोखरा पर्यटकीय बस सञ्चालन हुने

साउन १ गतेदेखि बस सञ्चालनमा आउने कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिमल्सिनाले बताए । बस सेवा सञ्चालन भएपछि पोखराबाट धुलिखेल र धुलिखेलबाट पोखरा जाने पर्यटकका लागि सहज बन्ने छ ।


तिमिल्सिनाले यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । एयरकन्डिसन जडित सुविधायुक्त बस धुलिखेलबाट विहान ६ र पोखराबाट विहान ७ बजे दैनिक छुट्नेछन् । धुलिखेलबाट छुट्ने बस बनेपा, भक्तपुर, कोटेश्वर, सातदोवोटो, एकान्तकुना, बल्खु, कंलकी हुँदै पोखरा जानेछ ।


यात्रुको चापलाई हेरेर थप बस संचालन गर्ने तयारीमा कम्पनी छ । यसअघि सोही कम्पनीले भक्तपुरबाट पोखरा बस सञ्चालन गरीसकेको छ ।

प्रकाशित : असार २४, २०७५ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?