किसानलाई सिँचाइकै पिरलो

राजविराज — सिँचाइको अभावमा प्रदेश २ मा धान रोपाइँ प्रभावित भएको छ । प्रदेशको आधाभन्दा बढी खेती आकासेपानीको भरमा रहेको तथा पूर्वाधार भएका जग्गामा पनि समयमै सिँचाइ उपलब्ध नहुँदा रोपाइँ प्रभावित भएको हो ।

किसानलाई सिँचाइकै पिरलो

कृषि नै प्रदेश २ को मूल आधार भनिए पनि सिँचाइको अभावमा यो महँगो हुँदै गएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भूमिगत सिँचाइ सुविधा बढाउँदै लैजाने लक्ष्य लिएको छ । ‘सिँचाइ अभावमा प्रदेशमा धानखेती प्रभावित हुँदै आएको छ,’ प्रदेश २ कृषि मन्त्रालयका उपसचिव सुकेश्वर झाले भने, ‘आकासेपानीको भर छ, पानी अझै परेको छैन, सुविधा भएका स्थानमा पनि सिँचाइ समयमै नहुँदा रोपाइँ प्रभावित हुँदै आएको हो ।’ प्रदेशमा २ लाख २५ हजार हेक्टर जग्गा धान खेतीयोग्य रहेको छ ।

यसमध्ये ५० प्रतिशत जग्गामा आकासेपानीकै भरमा खेती हुँदै आएको छ । ‘साउन १५ पछि रोपाइँ गर्दा उत्पादनमा कमी आउन सक्छ,’ उनले भने, ‘अहिलेको १५ दिन धान रोपाइँका लागि उपयुक्त समय हो ।’ प्रदेशका कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले सिँचाइ सबैभन्दा ठूलो समस्या रहेको स्विकारे ।

प्रकाशित : असार ३१, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?