मेगा बैंकको अध्यक्षमा पुन: शाह  

काठमाडौँ — मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले भोजबहादुर शाहलाई पुन: संचालक समितिकाे अध्यक्षमा चयन गरेकाे छ । शुक्रबार सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।

मेगा बैंकको अध्यक्षमा पुन: शाह  

साधारणसभाबाट संस्थापक शेयरधनीबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन् । सर्वसाधारण शेयरधनीबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भएका छन् ।


अध्यक्ष शाहले छोटो समयमा मेगा बैंक नेपालको अग्रणी बैंक बन्न सफल भएकोमा आफूलाई गर्व लागेको बताए । उनले बैंकलाई अझै सुविधा सम्पन्न र विपन्न वर्गको पहुँचमा पुर्‍याउने बताए ।


बैंकले स्थापनाको ८ औं वर्षमा ९९ शाखा विस्तार गरेको छ भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ । देशभर १४ एक्टेनशन काउन्टर, १ सय १९ शाखारहित बैंकिङ सेवा, २ हजार बढी मेगा रेमिट सञ्जाल र ७४ वटा एटीएम रहेको बैंकले जनाएको छ ।

प्रकाशित : असार ३१, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?