सलाद फिर्ता लियो म्याकडोनल्डले

एजेन्सी

काठमाडौँ — अमेरिकी फास्टफुड चेन कम्पनी ‘म्याकडोनल्ड’ ले आफ्नो हजारौं आउटलेटमा रहेको सलाद फिर्ता गरेको छ । परजीवीजन्य रोगका कारण सर्वसाधारण बिरामी भएपछि कम्पनीले अमेरिकाभरि रहेका झन्डै ३ हजार आउटलेटबाट सलाद फिर्ता गरेको ‘दि वासिङटन पोस्ट’ ले जनाएको छ ।

परजीवीजन्य रोगले दर्जनौं ग्राहक थला परेपछि तत्कालै ३ हजार स्थानमा कम्पनीले सलाद बेच्न रोकेको हो । फास्टफुड चेनका अधिकारीहरूले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा रहेका रेस्टुरेन्टबाट सलाद हटाइएको जनाएका हुन् । ‘नयाँ आपूर्तिकर्ताबाट सलाद नपाएसम्म बेच्न रोक लगाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सावधानी अपनाउँदै यो कदम चालिएको हो ।’

अमेरिकी राज्य इलिनोइस र लोवाका जनस्वास्थ्य प्राधिकरणले दूषित सलादका कारण ठूलो संख्यामा ‘साइक्लोस्पोरा’ संक्रमण भेटिएको घोषणा गरेपछि रेस्टुरेन्टले यो कदम चालेको ‘दि वासिङटन पोस्ट’ मा लिन्डसे बेभेरले लेखेका छन् ।

Yamaha

‘म्याकडोनाल्ड खाद्य सुरक्षा र गुणस्तर नियन्त्रणको उच्च स्तरप्रति प्रतिबद्ध छ,’ रेस्टुरेन्टको विज्ञप्तिमा छ, ‘प्रकोपबारे जाँच थालेका जनस्वास्थ्य अधिकारीहरूलाई सहयोग गर्न कम्पनी तयार छ ।’ प्रारम्भिक परीक्षणका क्रममा सलादमा पाइएको ‘क्लोस्पोरा केइटानेन्सिस’ नामक परजीवी मलमूत्रमार्फत खाना र पानीलाई दूषित गर्न सक्छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो परजीवी शरीरमा प्रवेश गरेपछि पेटलाई सबैभन्दा पहिले संक्रमित गर्छ । सामान्यतया: यो परजीवीको प्रारम्भिक संक्रमण सातापछि मात्रै देखापर्ने गरेको सीडीसीले जनाएको छ । अमेरिकामा मे यता यो परजीवीको संक्रमण फैलिएका सयौं मामिला सार्वजनिक भएका थिए ।

सीडीसीका अनुसार फल तथा तरकारीहरू वितरण गर्ने ‘डेल मोन्टे’ ले जुनमा बिक्रीका लागि पठाएको मोन्ट फ्रेस प्रोडयुस भेजिटेबल ट्रेजलाई फिर्ता गरेको थियो । ‘क्विक ट्रिप’ र ‘पिपोड’ जस्ता खुद्रा बिक्रेताहरूबाट ब्रोकाउली, गाजर, काउली, ज्वाइनोलगायत वस्तु फिर्ता गरेको जनाइएको छ । अमेरिकी चार राज्यहरू लोवा, मिचिगन, मिनेसोटा र विस्कोन्सिनका सर्वसाधारणले परजीवीका कारण आफूहरू थला परेको जानकारी दिएका थिए ।

Esewa Pasal

प्रकाशित : असार ३२, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एडीएसएलको भाउ नबढ्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नयाँ बजेटमार्फत टेलिफोन र इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरे पनि नेपाल टेलिकमले केही सेवाहरूमा भने भाउ नबढाउने भएको छ । उपभोक्तामाझ लोकप्रिय रहेका केही सेवामा उपभोक्तालाई आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

टेलिकमले एडीएसएलमा भाउ नबढाउने निर्णय गरेको छ । यस्तै विकलेन्ड प्याक, नाइट टाइम अनिलिमिटेड डाटा प्याक, एक जीबीको थ्रीजी/फोरजी पर डे प्याकमा भाउ नबढ्ने टेलिकमले जनाएको छ ।

अन्य प्याकेजमा भने मूल्य समायोजन गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले आर्थिक विधेयकमार्फत टेलिफोन कलमा लाग्दै आएको दूरसञ्चार सेवा शुल्कलाई ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत बनाएको छ । यस्तै इन्टरनेटमा एकैपटक दूरसञ्चार सेवा शुल्कबापत कर १३ प्रतिशत लगाइएको छ । यसअघि इन्टरनेटमा यस्तो शुल्क थिएन ।

सरकारी करका कारण अब फोन कल, डाटा र इन्टरनेट शुल्क बढ्ने भएको हो । टेलिफोन सेवा प्रदायकले कम्पनी एनसेलले यसअघि नै प्रयोगकर्तालाई साउन १ गतेदेखि फोन र डाटामा १३ प्रतिशत शुल्क वृद्धि हुने जानकारी गराइसकेको छ । यस्तै इन्टरनेट सेवा प्रदायकहरूले पनि उपभोक्ताबाटै यस्ता शुल्क उठाउने बताइसकेका छन् । इन्टरनेटजस्ता अत्यावश्यक सेवामा कर बढाएको भन्दै विरोध पनि भइरहेको छ ।

प्रकाशित : असार ३२, २०७५ ०८:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT