३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
अर्थ / वाणिज्य

Nepali Business & Economics News

नेप्से १२ अंकले बढयो

आर्थिक वर्षको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से १२.२७ अंकले बढेर १ हजार २ सय १२ दशमलव ३६ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.०२ प्रतिशतले बढी हो । साउन १ गतेदेखि परीक्षणका रूपमा अनलाइन कारोबार हुने र सो प्रयोगले बजारमा सुधार आउने आशामा लगानीकर्ता उत्साहित भएको अनुमान ब्रोकरले गरेका छन् ।

नेप्से १२ अंकले बढयो

बेलायतमा फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना

बेलायतको सुरक्षा निकायले फेसबुकलाई अधिकतम ५ लाख पाउन्ड जरिवाना गर्ने भएको छ । त्यहाँको सूचना आयुक्तको कार्यालयले ‘क्याम्ब्रिज एनालिटिका’ द्वारा प्रयोगकर्ताको तथ्यांक नष्ट गरिएको प्रमाणित गर्न नसकेको भन्दै फेसबुकलाई यस्तो जरिवाना गर्न लागेको जनाएको हो ।

बेलायतमा फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना

ढल्केबर सबस्टेसनको स्तरोन्नति

ढल्केबर सबस्टेसनका दुवै ट्रान्सफर्मर २२० किलोभोल्ट क्षमतामा चार्ज भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हालै स्तरोन्नति गरिएको ढल्केबर नेपालमा सबैभन्दा धेरै क्षमताको सबस्टेसन हो । यसअघि यो सबस्टेसन क्षमता १३२ केभीए थियो ।

ढल्केबर सबस्टेसनको स्तरोन्नति

प्रदेश राजधानीसँग जोडिएन हवाई सम्बन्ध

सडक सञ्जालमा नजोडिएका हुम्ला र डोल्पाका बासिन्दालाई प्रदेश राजधानी सुर्खेतसँग हवाई सम्बन्ध नजोडिँदा असुविधा भएको छ । कर्णालीमा उडान भर्ने निजी हवाई कम्पनी र नेपाल वायु सेवा निगमले नेपालगन्जबाट मात्र उडान भर्ने गरेकाले स्थानीयलाई प्रदेश राजधानी आउजाउ गर्न समस्या भएको हो ।

प्रदेश राजधानीसँग जोडिएन हवाई सम्बन्ध
असार ३२, २०७५

खाद्यान्न २० लाख टन अपुग

कृषिप्रधान मुलुक भनिए पनि परनिर्भरता बर्सेनि बढ्दै गएको तथ्यांकले देखाएको छ । कृषि मन्त्रालयका अनुसार करिब २० लाख टन खाद्य तथा फलफूल विदेशबाट आयात गरी पूर्ति गरिएको छ ।

खाद्यान्न २० लाख टन अपुग

विदेशी लगानीको झन्डै आधा जलविद्युत्मा

यो वर्ष मुलुक भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मध्ये झन्डै आधा जलविद्युत् आयोजनामा उपयोग भएको छ । गत वैशाखसम्म नेपाल भित्रिएको कुल विदेशी लगानीको करिब ४६ प्रतिशत विभिन्न जलविद्युत् आयोजनामा लगानी भएको हो ।

विदेशी लगानीको झन्डै आधा जलविद्युत्मा

एकीकृत भन्सार निर्माण सुरु

चीनसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकीकृत भन्सार कार्यालय भवनको निर्माण सुुुरु भएको छ । ५४ करोड ८५ लाख ५५ हजार ८ सय १९ रुपैयाँ लागतमा ६ तले भवनको निर्माण सुरु भएको हो ।

एकीकृत भन्सार निर्माण सुरु

सलाद फिर्ता लियो म्याकडोनल्डले

अमेरिकी फास्टफुड चेन कम्पनी ‘म्याकडोनल्ड’ ले आफ्नो हजारौं आउटलेटमा रहेको सलाद फिर्ता गरेको छ । परजीवीजन्य रोगका कारण सर्वसाधारण बिरामी भएपछि कम्पनीले अमेरिकाभरि रहेका झन्डै ३ हजार आउटलेटबाट सलाद फिर्ता गरेको ‘दि वासिङटन पोस्ट’ ले जनाएको छ ।

सलाद फिर्ता लियो म्याकडोनल्डले

एडीएसएलको भाउ नबढ्ने

सरकारले नयाँ बजेटमार्फत टेलिफोन र इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरे पनि नेपाल टेलिकमले केही सेवाहरूमा भने भाउ नबढाउने भएको छ । उपभोक्तामाझ लोकप्रिय रहेका केही सेवामा उपभोक्तालाई आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

एडीएसएलको भाउ नबढ्ने