कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

स्मार्टफोनको सुरक्षा योजना

काठमाडौँ — मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाका लागि योजना सुरु गरेको छ । यो योजनाअनुसार कुनै पनि स्मार्टफोन ड्यामेज भए, हराए वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्सन प्लानअन्तर्गत नयाँ मोबाइल पाउनेछन् ।

स्मार्टफोनको सुरक्षा योजना

मोबाइल हराएमा, चर्किएमा, आगो वा पानीले नोक्सान भएमा प्रयोगकर्ताले सबै डाटासहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले बताए ।

यो सेवा पाउन सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नुपर्ने व्यवस्था गरेको छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट ‘मेरो सुरक्षा’ नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नुपर्ने हुन्छ ।


प्रकाशित : श्रावण ३, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?