कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मध्यपहाडी लोकमार्ग कालोपत्रे हुँदै

दैलेख — विवादका कारण निर्माण ढिलाइ भएको मध्यपहाडी लोकमार्ग निर्माणले गति लिन थालेको छ । दैलेख खण्डको २९ किलोमिटर सडक चालु आर्थिक वर्षबाट कालोपत्रे गर्न थालिएको छ । कालोपत्रेका लागि छिट्टै टेन्डर पक्रिया सुरु हुने आयोजनाले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग कालोपत्रे हुँदै

आयोजनाका अनुसार लोहोरे खोलादेखि काडाचौर हुँदै जाहारकोट छामघाट र रावतकोट सडक खण्डको २९ किलोमिटर सडक पक्की हुने भएको हो । लोकमार्गअन्र्तगत दैलेखमा पर्ने १ सय १८ किमि सडक निर्माणका क्रममा लामो समयदेखि विवाद हुँदै आएको छ ।

दुई वर्षभित्र दैलेख खण्डको सबै सडक कालोपत्रे गर्ने आयोजनाको लक्ष्य रहेको इन्जिनियर तुलाधर शर्माले बताए । उनका अनुसार बेस्तडासम्मको सडक एक वर्षभित्रै कालोपत्रे गर्ने लक्ष्य छ ।

गत वर्ष विभिन्न चारवटा स्थानमा आयोजनाले ठेक्का खुलाएको थियो । ठेकेदार कम्पनीले अहिले धमाधम काम गरिरहेका छन् ।

दैलेख खण्डभित्र पर्ने विभिन्न चारवटा सडक खण्डमा १ खर्ब ३९ करोडको ठेक्कामार्फत काम सुरु भएको छ । गत वर्षदेखि जाजरकोटको सीमा हुँदै दैलेखको मनघरसम्मका लागि २९ करोड, हुलाक टाकुरा हुँदै लाहोरेसम्म ३४ करोड, रामाघाट हुँदै पादुकासम्म ४७ करोड, पादुका हुँदै चक्रतासम्म २९ करोड रकम कालोपत्रेका लागि छुटयाइएको छ ।

१० मिटरबाहेकको अरू क्षेत्र राजमार्गले लिनुपर्ने भएमा सरकारले क्षतिपूर्ति दिनुपर्ने माग राख्दै स्थानीयले विरोध जारी राखेका छन् । विवाद समाधानका लागि ठेकेदार कम्पनी र जनप्रतिनिधिले सहजीकरण गरिरहेका छन् । क्षेत्र नं. १ का सांसद रवीन्द्रराज शर्माले राजमार्ग कालोपत्रे भएपछि स्थानीयबासीको यात्रा सहज हुने बताए । उनले स्थानीयले गरेको जग्गाको विवाद समाधान गर्न आफूले पहल गरिरहेको बताए ।

प्रदेशसभा सदस्य अमरबहादुर थापाले विवाद समाधान गरेर कालोपत्रेको काम चाँडै सुरु भए दैलेखको विकासमा टेवा पुग्ने बताए । कालोपत्रे भएपछि पूर्वमा जाजरकोट र पश्चिममा अछाम जिल्लासम्मको यात्रा सहज हुने उनको भनाइ छ । कालोपत्रे भएपछि रुकुम–बाग्लुङ–पोखरा हुँदै काठमाडौंसम्मको यात्रा सहज हुनेछ ।

प्रकाशित : श्रावण ३, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?