४ अर्बको ब्रान्डेड उत्पादन जलाइयो

बरबेरीले नबिकेका उत्पादनहरू बजारमा जाँदा कम्पनीप्रति नै नकारात्मक असर पर्न सक्ने भन्दै नष्ट गरेको
चोरीपछि सस्तोमा बिक्री हुन सक्ने भन्दै कम्पनीले ४ अर्ब ३० करोड मूल्यको उत्पादनहरू बर्सेनि नष्ट गर्छ
कम्पनी २० लाख रुपैयाँभन्दा बढीको ट्रेन्च कोट्स र चेक्ड डिजाइनका लागि चर्चित
पाँच वर्षयता कम्पनीले करिब १३ अर्ब रुपैयाँ बराबरका विलासी उत्पादनहरू नष्ट गरिसकेको
एजेन्सी

काठमाडौँ — विश्व बजारमा अचेल ब्रान्डेड कपडा, अत्तरलगायत सामग्रीहरू खरिद गर्ने बढेका छन् । यो सँगै कम्पनीहरूलाई आआफ्नो ब्रान्डको साख जोगाउन चुनौती पनि थपिएकै छ । खासगरी ‘आउट डेटेड’ र बजारमा नबिकेका उत्पादनहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती कम्पनीहरूको रहँदै आएको छ ।

४ अर्बको ब्रान्डेड उत्पादन जलाइयो

त्यस्ता उत्पादनहरू चोरी हुने या बिक्री हुन सक्ने भन्दै त्यसलाई नष्ट गर्ने गरिन्छ । आफ्ना उत्पादनहरू नष्ट गर्ने शृंखलाको पछिल्लो उदाहरण बेलायती फेसन लेभेल ‘बरबेरी’ बनेको हो । उसले अघिल्लो वर्ष लाखौं मूल्य पर्ने आफ्ना उत्पादन जलाएको ‘बीबीसी’ ले जनाएको छ ।

कम्पनीले बजारमा नबिकेका झोला, कपडा, एसेसरिज र अत्तरलगायत उत्पादनहरू नष्ट गरेको हो । कम्पनीले आफ्नो ब्रान्डको रक्षा गर्न त्यसो गरेको जनाएको छ । नबिकेका उत्पादनहरू बजारमा जाँदा कम्पनीप्रति नै नकारात्मक असर पर्न सक्ने भन्दै ‘बरबेरी’ ले ती सामग्रीहरू नष्ट गरेको बतायो ।

कम्पनीले अघिल्लो वर्ष ४ अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने काम नलाग्ने उत्पादनहरू नष्ट गरेको हो । ‘बीबीसी’ का अनुसार अघिल्लो वर्ष कम्पनीद्वारा उत्पादित सामग्रीहरूको मूल्य ६ प्रतिशतको हाराहारीमा थियो । ‘बरबेरी’ सहितका फेसन कम्पनीले नबिकेका आफ्नो ब्रान्डेड सामग्रीहरू नष्ट गर्ने गर्छन् ।

‘वातावरणमैत्री बन्दै काम नलाग्ने सामग्रीहरू जलाइएको हो,’ कम्पनीले भनेको छ । ‘एफटीएसई १००’ कम्पनीका अनुसार पछिल्लो वर्ष ठूलो परिमाणको अत्तर नष्ट गरिएको थियो । यसका लागि कम्पनीले अमेरिकी फर्म ‘कोटी’ सँग सम्झौता नै गरिसकेको छ । ‘कोटी’ ले नयाँ स्टक बढाउँदै लगेसँगै ‘बरबेरी’ ले आफ्ना पुरानो उत्पादनहरूको व्यवस्थापन गर्नुपरेको हो ।

पछिल्लो समय नष्ट गरिएका उत्पादनहरूमा सबैभन्दा बढी अत्तर रहेको थियो । पछिल्लो आर्थिक वर्षको ३१ मार्चसम्म ‘बरबेरी’ कम्पनीले ४ सय १३ मिलियन पाउन्डका साथ मुनाफा ५ प्रतिशत पुर्‍याएको थियो ।

प्रकाशित : श्रावण ४, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?