सामान्य अंकले बढ्यो शेयर बजार

रासस/याेन्हाप

काठमाडौँ — अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि केही दिन अन्योलमा रहेका लगानीकर्तालाई सामान्य त्राण दिने गरी शेयर बजारमा सुधार आएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक परिसूचक नेप्से ४.७७ बिन्दुले बढेर एक हजार १९९.२७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २५२.६८ बिन्दुमा पुगेको छ । स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोबार प्रणाली लागू गरेको छ । त्यस्तो व्यवस्थाका लागि धितोपत्र दलाल व्यवसायीकहाँ गएर ‘युजरनेम’ र ‘पासवर्ड’ लिने प्रक्रिया जारी रहेको छ ।

Yamaha

मंगलबार कूल १६० कम्पनीको ११ लाख ८९ हजार ६८९ कित्ता शेयर रु २९ करोड ४१ लाख ८२ हजार ३४८ मूल्यमा खरीद बिक्री भएको छ । सोमबारको तुलनामा आज कारोवार रकममा वृद्धि भएको छ । सोमबार रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरीद बिक्री भएको थियो ।

स्टकका अनुसार दुई उपसमूहको शेयर कारोवार घटेको छ भने नौ उपसमूहको शेयर कारोवारमा बढोत्तरी भएको छ । बैंकिङ ५.२६, व्यापार ०.४२, होटल ४९.४२, विकास बैंक २.८५, जलविद्युत् ३.२४, वित्त २.५९, निर्जीवन बीमा १९.८९, अन्य २.२६, बीमा २०.६१ बिन्दुले बढ्दा उत्पादन १९.७४ र माइक्रोफाइनान्स समूह ०.७ बिन्दुले घटेको छ ।

भार्गवले बोनस शेयर दिने

भार्गव विकास बैंकले आर्थिक वर्ष २०७३/७४ सम्मको सञ्चित मुनाफाबाट रु दुई करोड ६४ लाखबराबरको बोनस शेयर तथा रु १३ लाख ८९ हजार ४७३ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो बैंकले रु ४७ करोड ५२ लाखको ५.५५ प्रतिशत बोनस शेयर दिन लागिएको जानकारी स्टकलाई गराएको छ ।

नेपाल राष्ट्र बैंकले सो बैंकलाई ‘ख’ वर्गको इजाजत दिएको छ भने बाँके, बर्दिया र दाङ जिल्लालाई कार्यक्षेत्र बनाएको छ । बैंकको यही साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रकाशित : श्रावण ८, २०७५ १६:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डा. केसीका माग सम्बोधन गर्न आग्रह 

रासस/याेन्हाप

काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । 

युरोप भ्रमणपछि मंगलबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विगतको सरकारका पालामा प्रस्तुत अध्यादेशका आधारमा नयाँ विधेयक संसद्मा ल्याउनसमेत सुझाव दिए।

उपसभापति निधि जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता भेलामा सहभागी हुन साउन २ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

उनी आफ्नो भ्रमण कार्यक्रम छोट्याएर स्वदेश फर्किएका हुन्।

प्रकाशित : श्रावण ८, २०७५ १६:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT