कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

‘तस्करीले कपडा उद्योग धराशायी’

काठमाडौँ — कपडा तथा धागो उद्योगीले तस्करीबाट आउने कपडा तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् । तस्करीबाट आयातित कपडाले स्वदेशी उद्योग धराशायी भएको जनाउँदै उनीहरूले भन्सारमा हुने न्यून बीजकीकरण बन्द गर्नुपर्ने माग गरेका छन् ।

‘तस्करीले कपडा उद्योग धराशायी’

‘भ्याट रिफन्ड हटाउँदा थप समस्या भएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले भने, ‘रिफन्ड चाहिँदैन, भन्सारमा हुने न्यून
बीजकीकरण र तस्करी तत्काल बन्द होस् ।’


उनले कपडा उद्योगीलाई व्यवस्थित गर्न टेक्सटाइल बोर्ड गठन गर्न माग गरे । ‘बजारमा अस्वस्थ प्रतिस्पर्धाले कपडा उद्योग धरााशायी भए । जसले गर्दा धागो उद्योग पनि फस्टाउन सकेन,’ संघका कार्यसमिति सदस्य शशिकान्त अग्रवालले भने, ‘मुख्य समस्या चोरी पैठारी र न्यून बीजकीकरण भयो ।’ यी समस्याका कारण उद्योगहरूले मागको १० प्रतिशत मात्रै उत्पादन गर्न सकेका छन् ।


सरकारले व्यवसायमैत्री नीति ल्याए दुई महिनामा शत प्रतिशत सञ्चालन गर्न सक्ने उनले दाबी गरे । मुलुकमा करिब दुई सय टेक्सटाइल उद्योग छन् ।

प्रकाशित : श्रावण ९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?