कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्से र कारोबार रकम दुवै बढे

काठमाडौँ — मंगलबार सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक र व्यापार रकम दुवै बढेका छन् । अघिल्लो दिन परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम घटेको थियो । त्यसको विपरीत मंगलबार सेयर बजारमा कारोबार रकम पनि बढ्यो ।

नेप्से र कारोबार रकम दुवै बढे

दिनभरको कारोबारमा परिसूचक ४.७७ अंकले बढेपछि समग्र नेप्से १ हजार १ सय ९९ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४० प्रतिशतले बढी हो । उक्त दिन बजार खुलेदेखि नै सुधारको बाटोमा देखिएको नेप्से अन्त्यसम्म पनि बढी नै रहयो । कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधन र लघुवित्तबाहेक बाँकी सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से करिब ५ अंकले उकालो लागेको हो ।


करिब चार हजार कारोबारमा १ सय ६० कम्पनीका ११ लाख ८९ हजार ६ सय ८९ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट २९ करोड ४१ लाख रुपैयाँ परिचालन भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ८ करोड रुपैयाँले बढी हो । परिसूचक बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेर १४ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको छ ।


मंगलबार होटल समूहको परिसूचक २.७९ प्रतिशतले बढयो । यसैगरी बैंकिङलगायत ८ वटा समूहको परिसूचक एक प्रतिशतभन्दा कमले बढे । उक्त दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.८८ र लघुवित्त समूहको परिसूचक ०.०४ प्रतिशतले ऋणात्मक रहेको नेप्सेले जनाएको छ । मंगलबार नेपाल दूरसञ्चार कम्पनीको मात्र १ करोड ७१ लाख बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित : श्रावण ९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?