१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सगुनको मिनी आईपीओमा २६ जुलाईसम्म लगानी गर्न पाइने

वासिङ्टन, डीसी — सगुनको मिनी आईपीओमा लगानी गर्ने समय बिहीबार सकिँदै छ । लगानीकर्ताहरुले यही जुलाई २६ को मध्यरातसम्म आवेदन दिन मिल्ने सगुनले जनाएको छ । मिनी आइपिओमा लगानी गर्ने समय सकिनै लाग्दा सगुनले अन्तिम ५ दिनका लागि बोनस शेयरको समेत घोषणा गरेको छ ।

सगुनको मिनी आईपीओमा २६ जुलाईसम्म लगानी गर्न पाइने

मिनी आइपिओमा १० हजार डलर लगानी गर्नेलाई १ हजार डलर र २० हजार डलर लगानी गर्नेलाई २ हजार ५ सय डलर बोनस शेयर दिने सगुनको विज्ञप्तिमा उल्लेख छ ।


सगुनका तर्फबाट सन् २०१७ को जुलाई अन्तिमबाट प्रारम्भिक शेयरमा लगानी गर्ने अवसर प्रदान गरिएको थियो । जसमा प्रति कित्ता २३ डलरमा कम्तीमा १ हजार डलर लगानी गर्नुपर्ने थियो । त्यसयता सगुनले विश्वभरका ३ हजार ५ सय भन्दा बढी लगानीकर्ताबाट करिब ५० लाख डलर उठाएको छ । ४५ लाख डलरभन्दा बढी लगानी निजी तवरबाट उठाएको सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।


सगुनले आईओएस् एप बनाउने, स्मार्ट सोसल कार्डको सुरुआत गर्ने कामलाई जारी राख्ने बताएको छ । यसवर्ष कम्पनीले नयाँ दिल्लीमा कार्यक्रम गरी एन्ड्रोइड मोबाइल एपको सुरुआतसमेत गरेको छ ।


सगुन सुरुआती चरणमा रहेको एक सोसल कमर्स प्लेटफर्म हो जसले प्रयोगकर्ताहरुलाई सामाजिकीकरण गर्दा पैसा कमाउने अवसर प्रदान गर्दछ ।

प्रकाशित : श्रावण ९, २०७५ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?