अर्थ / वाणिज्य

Nepali Business & Economics News

सहयोगीको भरमा भन्सार

हिल्सा नाकालाई सरकारले बेवास्ता गरेको स्थानीयको गुनासो छ । सरकारी बेवास्ताका कारण यारी भन्सार कार्यालय पुन:स्थाना भएको छैन । उत्तरी सीमा हिल्साको भन्सार कार्यालय दुई सहयोगीको भरमा छ ।

सहयोगीको भरमा भन्सार
श्रावण १०, २०७५

शत प्रतिशत रोपाइँ हुने दाबी

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धान रोपाइँ शत प्रतिशत हुने दाबी गरेको छ । वर्षा अनुकूल भएपछि शत प्रतिशत रोपाइँ हुने आकलन मन्त्रालयले गरेको हो ।मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन ७ गतेसम्ममा ७७.४७ प्रतिशत रोपाइँ सकेको छ ।

शत प्रतिशत रोपाइँ हुने दाबी

सहुलियत ऋणकै ब्याज १३ प्रतिशत

आवास निर्माणका लागि सरकारले दिँदै आएको सहुलियत दरको आवास कर्जा ऋण लिएको दुई वर्षपछि भूकम्पपीडितलाई महँगो परेको छ । राष्ट्र बैंकबाट पुनर्कर्जा सुविधा नपाएको भन्दै बैंकहरूले बजारमा प्रचलित ब्याजदर तिर्न भनेपछि पीडितहरू महँगो ब्याज तिर्न बाध्य भएका हुन् ।

सहुलियत ऋणकै ब्याज १३ प्रतिशत

खाद्यमा सार्क मुलुकको एउटै गुणस्तर मापदण्ड

दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गतका सदस्य मुलुकहरू केही खाद्य वस्तुमा एउटै गुणस्तर मापदण्ड कायम गर्न सहमत भएका छन् । सहमतिअनुसार बिस्कुट, प्रशोधित चिनी र दूधजन्य वस्तुमा यो मापदण्डमा लागू हुनेछ ।

खाद्यमा सार्क मुलुकको एउटै गुणस्तर मापदण्ड

दैलेखबाटै अछामको बैंकिङ कारोबार

अछाम तुर्माखाद ३ की ७० वर्षीया देवी बुढा दुई दिनदेखि दैलेखको राकम कर्णालीस्थित डाब बैंकिङ कारोबारका लागि आएकी छिन् । सदरमुकाम मंगलसेन जान दुई दिन लाग्ने भएपछि उनी कारोबारका लागि तीन घण्टा हिँडेर डाब आइपुगेकी हुन् ।

दैलेखबाटै अछामको बैंकिङ कारोबार

पाँच वर्षमा दोब्बर राजस्व

सरकारले राजस्व संकलन पाँच वर्षमा दोब्बर गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ मा ३ खर्ब ५६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

पाँच वर्षमा दोब्बर राजस्व

गाडी र क्लिंकर आयात न्यून

गाडी र सिमेन्टको कच्चा पदार्थ क्लिंकरको आयातमा कमी आएकोले भैरहवा भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन । यो भन्सारको राजस्वमा गाडी र क्लिंकर आयातको योगदान ठूलो छ ।

गाडी र क्लिंकर आयात न्यून

होटलले मिचेको जग्गा फिर्ता गरिने

जापानी नागरिक ताकासी मियाहाराले बनाएको सराङकोटस्थित होटल अन्नपूर्ण भ्युले अतिक्रमण गरेको वन, पर्ती जग्गा र सार्वजनिक बाटो फिर्ता गर्ने निर्णय भएको छ । पोखरा महानगरपालिकाको अगुवाइ र सरोकारवालाको समन्वयमा जग्गाको रेखांकन गरी फिर्ताको कार्यान्वयन गर्ने बुधबार मौखिक सहमति भएको हो ।

होटलले मिचेको जग्गा फिर्ता गरिने

विदेशी च्यानललाई शुल्क बढयो

सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो । नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका नि:शुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्रबापत प्रतिच्यानल १ लाख रुपैयाँ तिर्नुपर्नेछ ।

विदेशी च्यानललाई शुल्क बढयो