हिमाली जिल्लामा सहर योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — सहरी विकास मन्त्रालयले १० हिमाली जिल्लामा १६ वटा सुविधा सम्पन्न तथा आधुनिक सहरको विकास गर्ने तयारी गरेको छ ।

हिमाली जिल्लामा सहर योजना

मन्त्रालयका अनुसार ती सहर शिक्षा स्वास्थ सेवा र भौतिक पूर्वाधारका दृष्टिले सम्पन्न हुनेछन् । ‘छरिएर रहेका बस्तीलाई एकीकृत गरी आवास उपलब्ध गराइनेछ,’ सहरी विकासमन्त्री मोहमम्द इस्तियाक राईले भने । हिमाली क्षेत्रका साना सहरलाई विकास गर्ने उद्देश्य उक्त अवधारणा अघि सारेको उनले बताए । एक हजारभन्दा बढी परिवारलाई व्यवस्थित सहरमा बसालिने उनले बताए ।

उनले ती क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा पनि विकास गरिने बताए । ती सहरलाई ‘ट्रान्ज हिमालयन ट्रेल’ नाम दिइएको छ । प्रदेश नम्बर १ को सोलुखुम्बुको लुक्ला, संखुसभाको नुम भ्याली, हेदाङ्ना र किमाथांका, ताप्लेजुङको फुलिङ, घुम्सा तथा ओलाङचुङगोलालाई विकास गरिनेछ ।

प्रदेश नम्बर ३ मा रसुवाको स्याफ्रुबेंसी, दोलखाको जिरीलाई पनि आधुनिक बस्तीका रूपमा विकास गरिनेछ । प्रदेश नम्बर ४ मा मुस्ताङको कागबेनी, मनाङको चामे, प्रदेश नम्बर ६ मा मुगुको गमगढी र डोल्पाको दुनैलाई पनि समिटिनेछ । प्रदेश नम्बर ७ मा बाजुराको कोल्टी र मार्तडीलाई नयाँ सहरका रूपमा विकास गरिनेछ ।

प्रकाशित : श्रावण ११, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?