अर्थ / वाणिज्य
श्रावण १५, २०७५

माथिल्लो तामाकोसीको सेयरः पौने तीन लाखको प्रतिक्षा सकियो

देशमै पहिलोपटक जलविद्युतमा स्थानीयलाई सेयर अधिकारको आरम्भ गरेको तामाकोसीले अनेक व्यवधान पार गर्दै सेयर संकलन सुरु गर्दै छ ।

धितो लिलाम नगर : राष्ट्र बैंक

भूकम्पपीडितलाई सहुलियत ब्याजदरमा प्रवाह गरिएको कर्जाको धितो लिलाम नगर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बढेको ब्याजदर भुक्तानी गर्न नसक्ने पीडितको धितो बैंक तथा वित्तीय संस्थाले लिलाम गर्न थालेको उजुरी परेपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

सेयर कायम गर्न आलटाल

निजी क्षेत्रले दुईतिहाइभन्दा बढी सेयर ओगटेको साल्ट ट्रेडिङ कर्पोरेसनमा सरकारको हिस्सा बढाउने निर्णय कार्यान्वयन हुन सकेको छैन । अर्थ मन्त्रालयले तीन महिनाअघि नै सरकारको नाममा सेयर कायम गर्न निर्देशन दिए पनि आपूर्ति मन्त्रालयबाट आलटाल भएको हो ।

टेलिकमको फोरजी विस्तार मूल्यांकनमै अड्कियो

टेन्डर खोलेको ७ महिना हुँदा पनि नेपाल टेलिकमले फोरजी एलटीई विस्तारको लागि ठेक्का प्रक्रियाले पूर्णता पाएको छैन । टेलिकमले देशैभर फोरजी एलटीई विस्तारका लागि गत कात्तिकमा टेन्डर आहवान गरेको थियो । पुस अन्तिम साता टेन्डर खोलेर मूल्यांकन प्रक्रिया सुरु भए पनि अहिलेसम्म यो टुंगिएको छैन ।

प्रभावकारी भएन रेलबाट ढुवानी

तीन महिनाअघि भारतको कोलकातास्थित बन्दरगाहबाट सामान ल्याउन सुरु भएको रेलमार्गको सुविधा प्रभावकारी हुन सकेको छैन । वैशाख दोस्रो साता पहिलोपटक सीमा नाकानजिक भारतको बथनाहासम्म रेलबाट तेस्रो मुलुकका सामान आएको थियो ।

कुलेखानीको मर्मत सुरु

कुलेखानी जलविद्युत् आयोजनाको ५३ दिनदेखि बिग्रेको जेनेरेटरको मर्मत शनिबार सुरु भएको छ । फुजी इलेक्ट्रिक कम्पनी जापानका चार र नेपाली १० प्राविधिक गरी १४ जना मर्मत सम्भार कार्यमा जुटेका छन् ।

बिमा समितिको स्वायत्तता गुम्दै

वित्तीय क्षेत्र विकास रणनीतिको मर्मविपरीत सरकारले बिमा समितिको स्वायत्तता खोस्न थालेको छ । आइतबार संसद्मा पेस भएको बिमासम्बन्धी विधेयकमार्फत सरकारले बिमा समितिका अधिकारहरू खोसेर आफ्नो (अर्थ मन्त्रालयकै मातहतमा) ल्याउन थालेको हो ।

बिचौलियाले तीन गुणा महँगो

चापागाउँ बोहोराटारका राधाकृष्ण बोहोराले आफ्नो बारीबाट हरियो लसुन र प्याज प्रतिकिलो २० रुपैयाँमा बिक्री गर्छन् । उनले बेचेको त्यही हरियो लसुन र प्याजको लगनखेलस्थित तरकारी बजारमा उपभोक्ताले प्रतिकिलो ७० देखि ८० रुपैयाँसम्म तिर्नुपर्छ ।

गलैंचाको निकासी घटयो

वीरगन्जका २ वटा भन्सार बिन्दुबाट समुद्रपारतर्फको गलैंचा निकासी कम भएको छ । दुई भन्सार विन्दुबाट निकासी हुने गलैंचा रकमका आधारमा अघिल्लो वर्षको तुलनामा झन्डै १३ करोड रुपैयाँ कम भएको हो ।