अर्थ / वाणिज्य
श्रावण १९, २०७५

देशभर ९० प्रतिशत धान रोपाइँ

देशभर अहिलेसम्म करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको विवरण सार्वजनिक गरिएको छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँ सम्पन्न भएको छ ।

यसरी बन्यो मन्त्रिपरिषद् ‘पेपरलेस’

जेठ १६ गते राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमा भनेका थिए– ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई बिदाइ गरिन्छ । मन्त्रिपरिषद् बैठकलाई पेपरलेस बनाउने आफ्नो विज्ञ समूहको योजनामा सरकारका मन्त्रीहरूले चासो नदिएपछि प्रधानमन्त्रीले सार्वजनिक रूपमै मन्त्रीहरूलाई सचेत गराएका हुन् ।

चिया कृषकलाई श्रमिककै समस्या

अन्तुका लक्ष्मण गौतमले चिया बगानमा काम गर्न चाहनेलाई खान बस्न सुविधादेखि राम्रो पारिश्रमिक दिन खोजेका छन् । तर, कोही पाएका छैनन । त्यसैले हरियो चियापत्ती टिप्न बिहान उज्यालोसँग निस्किएका श्रीमान्–श्रीमती अबेरसम्म त्यही काममा हुन्छन् ।

दूध किसानलाई नगदको सट्टा दाना

दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध उत्पादक सहकारीलाई प्रतिलिटर दूधमा ३ रुपैयाँका दरले दिँदै आएको वार्षिक ५ करोड रुपैयाँ ‘अतिरिक्त रकम’ कटौती गरेको छ ।

एप्पल १० खर्ब डलरको कम्पनी

आइफोन निर्माता एप्पल १० खर्ब डलर मूल्य भएको संसारकै पहिलो पब्लिक कम्पनी बनेको छ । आफ्ना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै एप्पलले पहिलो ट्रिलियन डलर कम्पनी बन्ने सफलता हात पारेको हो ।

ADVERTISEMENT

भेदभाव छिचोल्दै सफलता

सफलता रातारात पाइन्न, अथक संघर्ष गर्नुपर्छ । अझ विभेदमा बाँचेकाहरूले त सफलता पाउन झनै धेरै बाधा र अवरोध छिछोल्नुपर्ने हुन सक्छ । जीवनका विभिन्न बाधालाई चिर्दै सफल हुनेमा इथियोपियाका मार्कस जोर स्याम्युएल्सन पनि एक हुन् ।

श्रावण १८, २०७५

विराटनगर जुट मिल्सको सेयर विवाद सुल्झियो

विराटनगर जुट मिल्सको सेयर विवाद सुल्झिएको छ । २०६६ जेठ २७ गतेको साधारणसभाले गरेको निर्णयअनुसार सरकारका नाममा ६८ प्रतिशत सेयर कायम गरेपछि विवाद सुल्झिएको हो ।

माथिल्लो तामाकोसीको लागत दोब्बर पुग्ने

आन्तरिक स्रोतबाट निर्माणाधीन माथिल्लो तामाकोसी आयोजनाले तेस्रोपटक थपिएको म्यादमा पनि उत्पादन सुरु गर्न नसक्ने भएको छ । तोकिएको समयमा आयोजना नबन्दा यसको लागत झन्डै दोब्बर पर्ने भएको छ ।

बिमितको अधिकार खोसिँदै

बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा बिमित (ग्राहक) ले भुक्तानी पाउने सुविधा खोसिन लागेको छ । प्रास्तावित बिमा ऐनको विधेयकमा बिमितभन्दा अघि सरकार, बिमा समिति (प्रस्तावित बिमा प्राधिकरण) लगायतले भुक्तानी पाउने व्यवस्था थपिएपछि यस्तो अवस्था आएको हो ।

भैरहवा विमानस्थल एक वर्षभित्रै

नागरिक उड्डयन प्राधिकरणले आगामी असारमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने दाबी गरेको छ ।

ADVERTISEMENT

इँटा भट्टा बालश्रम मुक्त

इँटा भट्टामा बालबालिका काममा नलगाउने प्रतिबद्धता उद्योगीहरूले गरेका छन् । नेपाल इँटा उद्योग महासंघले मुलुकभरका सबै भट्टा बालश्रम मुक्त गरिने दाबी गरेका हुन् । मुलुकभर १ हजार १ सय भट्टा छन् । ती भट्टामा साउन १४ देखि बालश्रम प्रयोग नगर्ने घोषणा उनीहरूले गरेका हुन् ।

किसानले दूधको टयांकर गुड्न नदिने

दूधको मूल्य घटेको विरोधमा आन्दोलन गर्दै आएका चितवनका दूध उत्पादक किसानहरूले साउन २५ गतेदेखि दूध ढुवानी गर्ने टयांकरहरू सडकमा गुड्न नदिने घोषणा गरेका छन् । बिहीबार भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै किसानहरूले यस्तो चेतावनी दिएका हुन् ।

खाद्य संस्थानमा छानबिन गर्न समिति

सरकारले खाद्य संस्थानमा भएको आर्थिक अनियमितता तथा बेथिति छानबिन गर्न समिति गठन गरेको छ । खरिद बिक्री, ढुवानी, निर्माण, मर्मतलगायतमा अनियमितता भएको उजुरी परेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको हो ।