३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

शीतभण्डार उपयोगविहीन

कान्तिपुर संवाददाता

इलाम — आठ वर्षअघि निर्माण भएको शीतभण्डार उपयोगविहीन बनेको छ । भारतीय दूतावासको सहयोगमा साढे चार करोड रुपैयाँ खर्चेर कोल्डस्टोर बनाइएको हो ।

शीतभण्डार उपयोगविहीन

लामो समयसम्म सञ्चालन नहुँदा नगरपालिकाको व्ययभार बढ्दै गएको छ भने महँगा र महत्त्वपूर्ण उपकरण बिग्रिने अवस्थामा पुगेका छन् ।

कोल्डस्टोर नचले पनि निर्माण सकिएयता नै नगरपालिकाले विद्युत् उपभोग गरेबापतको रकम तिर्नुपरेको छ । त्यस्तै नियमित मर्मतसम्भार र १ कर्मचारीको खर्च नगरपालिकाले
बेहोर्नुपरेको छ । नगरपालिकाले विभिन्न उपाय गर्दा पनि सञ्चालन गर्ने व्यक्ति नपाएको जनाएको छ ।

एकपल्टमा एकैखाले उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिंगल च्याम्बर’ मात्रै छ । ‘कसैले चलाउने हिम्मतै गर्दैनन्,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत
महेन्द्रकुमार खाम्याङले भने, ‘पहिला चलाउनुपर्‍यो अनि थप व्यवस्थापनमा सघाउन सकिन्छ ।’फरक तापक्रममा फरक खाले तरकारी र फलफूललगायत राख्न सक्ने गरी ‘मल्टिच्याम्बर’ बनाउनुपर्ने आवश्यकता रहेको किसानको भनाइ छ । २ हजार टन क्षमता भएको कोल्डस्टोर सञ्चालनमा नआउँदा यहाँ उत्पादन हुने किवीसहितका फलफूल, सागसब्जीलगायतले उचित बजार पाउन सकेको छैन ।

नगरपालिकाले कर्मचारीबापत मासिक १० हजार रुपैयाँ भुक्तान गर्नुपर्छ । बिजुलीको बिलबापत वार्षिक ६ लाख हाराहारी नगरपालिकाले तिर्छ । वार्षिक रूपमा कोल्डस्टोरलाई चुस्त राख्न १० लाख रुपैयाँसमेत नियमति खर्च भइरहेको कार्यालयको भनाइ छ । कृषिसँग सम्बन्धित संस्था, सहकारी या व्यक्तिले पनि ठेक्का लिएर चलाए नोक्सान नहुने नगरपालिकाको भनाइ छ । ‘नरपालिका मात्र नभएर अन्य सरोकारवाला निकायले पनि यसको सञ्चालनमा चासो दिनुपर्ने बेला भएको छ,’ सूचना अधिकृत राम शाहले भने, ‘कृषि क्षेत्रको प्रवद्र्धनमा काम गर्ने थुप्रै निकाय होलान् उनीहरूले पनि यसको सञ्चालनमा चासो दिए यहाँका बासिन्दाले प्रत्यक्ष फाइदा पाउने थिए ।’जिल्लाको पहिलो कोल्डस्टोरको अभ्यास भएकाले पनि धेरैले सञ्चालनको आँट नगरेका हुन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?