अर्थ / वाणिज्य
श्रावण २१, २०७५

व्यवसाय गर्ने भए छथर जानुस् 

छथर गाउँपालिकामा जनसंख्या बढ्दो होइन घट्दो छ । सहरी क्षेत्रमा बसाई सराईका कारण छथरको जनसंख्या उल्लेख्य रुपमा घटेपछि अहिले स्थानीय जनप्रतिनिधिको टाउको दुखाई बनेको छ ।

आपूर्ति विभागलाई शक्तिशाली बनाइँदै

सरकारले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण विभागले नै कारबाही गर्न सक्ने अधिकारसहितको कानुन जारी गर्न लागेको छ । प्रस्तावित उपभोक्ता संरक्षण ऐन २०७५ को मस्यौदामा अनुगमन निरीक्षकलाई उक्त अधिकार दिन लागेको हो ।

डीडीसीले मिसावट दूध नष्ट गर्ने

सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी दिनमा दुग्ध उत्पादक सहकारीमार्फत संकलन हुने मिसावटयुक्त दूध नष्ट गर्ने निर्णय गरेको छ ।

प्राथमिक क्षेत्रमा कर्जा लगानी : बैंकहरूलाई थप ६ महिना

राष्ट्र बैंकले तोकेको सीमामा कृषि ऋण विस्तार बैंकहरूले थप ६ महिना समय पाएका छन् । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्थाअनुसार कृषिलगायत प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको न्यूनतम सीमा पुर्‍याउन बैंकहरूलाई उक्त समय दिइएको हो ।

भूमिगत प्रसारण लाइन: आधा काम सकियो

त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनमध्ये भूमिगत गरिने खण्डको काम करिब आधा सकिएको छ । नेपालमै पहिलोपटक १ हजार ३ सय ९ मिटर लामो भूमिगत प्रसारण लाइन निर्माणाधीन छ ।

ADVERTISEMENT

हरियो चियापत्ती भारततर्फ

जिल्लामा चिया प्रशोधन कारखाना थपिँदै गए पनि हरियो चियापत्ती भारतीय कारखानामा जाने क्रम घटेको छैन । पूर्वी सीमावर्ती क्षेत्रमा उत्पादित हरियो चियापत्ती भारततर्फ जाने गरेको हो ।

ग्राहक बढाउँदै जिनर्जी

भूपू गोर्खाहरूको उल्लेख्य लगानी रहेको बेलायतस्थित ऊर्जा कम्पनी जिनर्जीले छोटो समयमै ग्राहकको संख्या बढाउँदै लगेको छ । सन् २०१४ को २४ नोभेम्बरदेखि औपचारिक रूपमा ग्यास र बिजुली आपूर्ति गर्ने काम थालेको कम्पनीले यो अवधिमा बेलायतभर झन्डै ११ हजार ग्राहक बनाइसकेको जनाएको छ ।

श्रावण २०, २०७५

यातायात सिन्डिकेट : कागजमा हटयो व्यवहारमा उस्तै

सरकारले सिन्डिकेट हटाउँदै यातायात व्यवसायी समितिलाई नीतिगत रूपमा खारेज गरेको घोषणा गरे पनि व्यवहारमा अझै कार्यान्वयन भएको छैन । जहाँ यातायात व्यवसायी समितिका खाता रोक्का भएकाले कार्यालय बन्द छन्, त्यहीँ बसको आलोपालो मिलाउनेदेखि पुरानै तरिकाको सञ्चालनको तरिका उस्तै छ ।

उपत्यकाबाहिर सेयर कारोबार बढ्दो

गएको आर्थिक वर्ष काठमाडौं उपत्यकाबाहिर सेयर कारोबार करिब साढे दस प्रतिशतले बढ्यो । मुलुकका प्रमुख सहरहरूमा धितोपत्र कारोबार विस्तार हुनुका साथै सर्वसाधारणमा सेयर बजारसम्बन्धी जानकारी बढेपछि उक्त अवधिमा मोफसलमा सेयर कारोबार बढेको हो ।

ADVERTISEMENT
ADVERTISEMENT

उखुमा अनुदान : संयन्त्र बनेको छैन

उखु किसानलाई सरकारले प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम दिने निर्णय गरेको हो ।

बजार अनुगमनको संख्या मात्रै धेरै

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वर्षअघि दैनिक ६ वटा व्यावसायिक फर्ममा अनुगमन गथ्र्यो । तीमध्ये प्राय: सबै व्यावसायिक फर्ममा कैफियत फेला परेका थिए । गत आर्थिक वर्षमा औसत दैनिक १४ वटा व्यावसायिक फर्ममा अनुगमन भयो ।

नेपाली अलैंचीमा चिनियाँ चासो

अलैंचीको मूल्य लगातार ओरालो लागिरहेका बेला नेपालको अलैंचीको अवस्था अध्ययनका लागि चिनियाँ टोली आउने भएको छ । चीनका उद्योगी, व्यापारी, प्राध्यापक र कृषिविज्ञ सम्मिलित टोलीले किसानदेखि व्यापारी र सरकारी अधिकारीसम्मलाई भेट्ने योजना बनाएका छन ।

अण्डा बजारमा १४ किसानलाई ७ रुपैयाँ मात्र

मूल्य घटेपछि झापाका अण्डा उत्पादक किसान मारमा परेका छन् । किसान, अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन सकिरहेका छैनन् ।जिल्लामा अण्डाको मूल्यमा तीन महिनायता गिरावट आएको हो ।

बैंकहरूको सेयरमा आकर्षण

पछिल्ला केही सातायता वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । साप्ताहिक कारोबारमा बैंकिङ समूहको हिस्सा बढ्दै जानुले यो देखाउँछ ।

ADVERTISEMENT

शीतभण्डार उपयोगविहीन

आठ वर्षअघि निर्माण भएको शीतभण्डार उपयोगविहीन बनेको छ । भारतीय दूतावासको सहयोगमा साढे चार करोड रुपैयाँ खर्चेर कोल्डस्टोर बनाइएको हो ।