खोरुंगा खोलाको ५० प्रतिशत निर्माण पूरा

कान्तिपुर संवाददाता

तेह्रथुम — माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजना निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको छ । तोकिएको समयसीमा अगावै काम सम्पन्न गर्ने गरी काम भइरहेको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले जनाएको छ । यो आयोजनाबाट ७ दशमलव ५ मेगावाट बिजुली उत्पादन हुनेछ ।

खोरुंगा खोलाको ५० प्रतिशत निर्माण पूरा

आयोजना स्थल मेन्छयायेम गाउँपालिका ५ मोराहाङमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । प्रवद्र्धक तेह्रथुम पावर कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीका अनुसार आयोजनाको निर्माणस्थलमा इन्टेक, पाइपलाइन एक्जावेसन, पानी टयांकी सोलिङ, कनेक्टिङ प्यानल र पावरहाउसका लागि भवन निर्माणलगायत काम तीव्र गतिमा भइरहेको छ ।

१ अर्ब ३७ करोड रुपैयाँ लगानीमा निर्माण हुने आयोजना बनाउने काम धौलागिरि र खडा कृष्ण जेबी कन्स्ट्रक्सनले पाएका छन् । प्रवद्र्धक कम्पनीको काठमाडौंमा गत शनिबार भएको विशेष साधारणसभामा प्रबन्धक सञ्चालक डाँगीले अहिलेसम्मको प्रगति सार्वजनिक गर्दै म्यादभन्दा अगावै काम सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी गराए ।

२०७६ को पुस १ सम्ममा काम सम्पन्न गर्ने म्याद भए पनि २०७६ को असारमा काम सक्ने गरी तीव्र गतिमा काम भइरहेको उनको भनाइ थियो । साधारणसभामा उपस्थित तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी, पूर्वमन्त्री पर्शुराम खापुङ, पूर्वराज्यमन्त्री सीता गुरुङलगायतले आयोजनालाई शीघ्र सम्पन्न गर्न सुझाव दिएका थिए ।

प्रकाशित : श्रावण २२, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?