केएल टावरमा ‘बिग सेल’ मेला

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीको चाबहिलस्थित केएल टावरमा ‘बिग सेल’ मेला शुक्रबारबाट सुरु भएको छ । ४५ भन्दा बढी पसल सहभागी रहेको मेलामा ५० प्रतिशत छुटमा तीन हजार बढी सामग्री राखिएका छन् । 

केएल टावरमा ‘बिग सेल’ मेला

एक महिनासम्म चल्ने उक्त मेलामा लत्ताकपडा, जुत्ताचप्पल, घडी, चश्मा, मोबाइल, खेलौना लगायतका सामान उपलब्ध छन् । एक हजार बढीको सामान खरिदमा लक्की ड्र कुपनमार्फत हरेक दिन एक हजार बराबरको ‘फ्रि सपिङ्ग भौचर, मुभि टिकट’ लगायतका उपहार राखिएका छन् ।


पाँच हजार बढीको खरिदमा उपहार राखिएको र हरेक साता अमेरिकन टुरिस्टर्को लगेज ब्याग, फ्रि लञ्च कुपन र बम्पर उपहारमा लक्की ड्र मार्फत एक जनालाई टीभीएस जुपिटर क्लासिक स्कुटर प्रदान गरिने मेला आयोजकले जनाएको छ ।


हाल केएल टावरमा मोबाइल हब, सर्टिङ–सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमा हल, लाउञ्ज, खेल स्थान, बैंक, ट्राभल एजेन्सीलगायतका ५० भन्दा बढी पसल छन् ।

प्रकाशित : श्रावण २५, २०७५ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?