१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
अर्थ / वाणिज्य

Nepali Business & Economics News

नेपालगन्ज हुँदै मरिच तस्करी

नेपालगन्ज नाका हुँदै भारततर्फ मरिच तस्करी हुने गरेको खुलेको छ । नेपाल–भारत सीमास्थित सशस्त्र प्रहरी बल नेपालगन्ज हेडक्वाटर नम्बर ३० गणले हालै २ क्विन्टल ४० किलो मरिच बरामद गरेको छ । यहाँको नाकामा मरिच बरामद गरिएको पहिलो हो ।

नेपालगन्ज हुँदै मरिच तस्करी

बन्दरगाह निर्माणले गति लियो

नेपाल–भारत सीमा नाका जयसपुरमा सुख्खा बन्दरगाह निर्माण कार्यले गति लिएको छ । बन्दरगाहलाई जोड्ने ३ सय १५ मिटर पहुँच मार्ग ग्राबेल गरिएको छ । बन्दरगाह निर्माणस्थलदेखि नेपालगन्जको चौलिकासम्मको दूरी २ हजार ७ सय मिटर छ । त्यसका लागि गत वर्ष सरकारले ४० लाख रुपैयाँ बजेट छुटयाएको थियो ।

बन्दरगाह निर्माणले गति लियो
श्रावण २७, २०७५

नेप्से साढे २ वर्ष यताकै न्यून

सेयर बजारको घट्ने क्रम आइतबार पनि रोकिएन । गतसाता सबै कारोबार दिन घटेको नेप्सेले आइतबार पनि सोही प्रवृत्ति पछ्याएको हो । अघिल्लो दिनको तुलनामा १६.६९ (१.४१ प्रतिशत) ले घटेर नेप्से परिसूचक आइतबार १ हजार १ सय ६३.९४ विन्दुमा ओर्लियो । यो करिब साढे दुई वर्षयताकै न्यून हो । 

नेप्से साढे २ वर्ष यताकै न्यून

राष्ट्र बैंकको नीतिले भूकम्पपीडित मर्कामा

सहुलियत दरको आवास कर्जा सम्बन्धमा सरकारको ढुलमुले नीतिले भूकम्पपीडित मर्कामा परेका छन् । ऋण लिएको दुई वर्षपछि बैंक तथा वित्तीय संस्थाले प्रचलित ब्याजदर भुक्तानी गर्न ताकेता गरेपछि पीडित समस्यामा परेका हुन् ।

राष्ट्र बैंकको नीतिले भूकम्पपीडित मर्कामा

मोटरबाटो कुर्दै, स्याउका बिरुवा थप्दै

मुगु सदरमुकाम गमगढीमा यातायात पुगेको ६ वर्ष भयो । तर, सडक गाउँगाउँसम्म अझै पुगेको छैन । गमगढीसम्म पुगेको मोटरबाटोले विकट गाउँका स्थानीयबासीमा थोरै भए पनि आशा जगाएको छ ।

मोटरबाटो कुर्दै, स्याउका बिरुवा थप्दै

‘सेलार स्टोर’ ले किसानलाई सजिलो

स्याउ भण्डारणका लागि गाउँमा ‘सेलार स्टोर’ स्थापनापछि किसानलाई सजिलो भएको छ ।स्याउ उत्पादनको पकेट क्षेत्र मानिने पातारासी गाउँपालिका ६ उर्थुमा ‘सेलार स्टोर’ स्थापनापछि गाउँमा आर्थिक उन्नति भित्रिने आशा पलाएको छ ।

‘सेलार स्टोर’ ले किसानलाई सजिलो

एउटै वडामा ५ सय टनेलमा गोलभेंडा

जिल्लाको उत्तरी क्षेत्रस्थित वज्रवाराही मात्रै करिब २ करोडको लगानीमा ५ सय प्लास्टिकका टनेलमा गोलभेंडा खेती गरिएको छ । हाल त्यस क्षेत्रबाट दैनिक ७ ट्रक गोलभेंडा काठमाडाैं, हेटौंडा र चितवन जाने गरेको छ ।

एउटै वडामा ५ सय टनेलमा गोलभेंडा

रियल स्टेट कर्जा २० प्रतिशत बढयो

सरकारले जग्गाको कित्ताकाँटमा कडाइ गरेपछि रियल स्टेट कारोबार सुस्ताए पनि यो क्षेत्रमा बैंक लगानी २० प्रतिशतले बढेको छ । यो गत आर्थिक वर्षको ११ महिनासम्मको तथ्यांक हो ।

रियल स्टेट कर्जा २० प्रतिशत बढयो

युरिया मल रित्तिँदै

कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जमा युरिया मलको मौज्दात सकिन लागेको छ । २ र ३ नम्बर प्रदेशका जिल्लाहरूमा रासायनिक मलको वितरण गर्दै आएको कार्यालयका अनुसार धानबालीको सिजन भएकाले माग उच्च छ ।

युरिया मल रित्तिँदै

साताभरको कारोबार करोडमा झर्‍यो

नेपाल स्टक एक्सचेन्जमा यो साताभरको कारोबार रकम करोड रुपैयाँमा सीमित भएको छ । एक्सचेन्जका अनुसार सातामा ९१ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

साताभरको कारोबार करोडमा झर्‍यो

निर्देशिका अभावमा अनुदान फिर्ता

किसानलाई राहत वितरणका लागि आएकोमध्ये करिब ७५ प्रतिशत रकम फ्रिज भएको छ । गत वर्षको साउन अन्तिम साता बाढीले क्षति पुगेका किसानका लागि आएको राहत रकम वितरण नै नभई फिर्ता भएको हो ।

निर्देशिका अभावमा अनुदान फिर्ता