कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकै बिकेन

अर्जुन राजवंशी

गौरादह (झापा) — गौरादह नगरपालिकाका किसानले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन । मकैमा पानीको मात्रा धेरै भएको भन्दै मिल सञ्चालक र व्यापारीले खरिद गर्न नमानेका हुन् । ड्रायर मेसिन अभावमा किसनाले मकै सुकाउन सकेका छैनन् ।

मकै बिकेन

गौरादह (झापा)– यो मेसिन उपलब्ध भए व्यापारीले चाहेअनुसारको मकै सुकाएर दिन आफूहरू तयार रहेको किसानहरू बताउँछन् ।
२० बिघामा उत्पादित मकै बिक्री नहुँदा किसान मर्कामा परेका छन् । प्रति बिघा सय मनका हिसाबले २ हजार मन मकै उत्पादन भएको छ । सबै गोदाममा थन्किएको छ ।


किसानले १४ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेका छन् । नमुना एकीकृत सहकारी खेतीले नेपालमै उत्पादन भएको बीउ रामपुर ६ र रामपुर ८ जातको मकै लगाएको थियो । मकै असार पहिलो सातामै भित्र्याइएको थियो ।


सहकारी खेतका अध्यक्ष वेदनिधि चापागाईले ड्रायर मेसिनको अभावमा मकै बिक्री गर्न नपाएको बताए । ड्रायर मेसिनको अभावमा मकैमा भएको चिसोपना कम गर्न नसक्दा व्यापारीले मकै खरिद नगरेको उनले बताए । ‘मकै बिक्रीका लागि हामीले मिल सञ्चालक र व्यापारी सबैसमक्ष आग्रह गर्‍यौं । तर, मकैमा पानीको मात्रा धेरै भएको भन्दै उनीहरूले खरिद गरेनन्,’ चापागाईले भने । १५ प्रतिशतभन्दा कम चिस्यान भएको मकै मात्र व्यापारीले खरिद गर्ने गरेको उनले बताए । ‘तर, हाम्रो मकैमा चिसोपनाको मात्रा १८ प्रतिशतभन्दा कम गर्न सकिएन,’ उनले भने ।


बर्खायाममा पानी परिरहने गरेकाले मकै सुकाउन नसकेको सहकारी खेतीका व्यवस्थापक अर्जुन खतिवडाले बताए ।

प्रकाशित : श्रावण २८, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?