अर्थ / वाणिज्य
भाद्र ३, २०७५

इन्धनको भाउ बढ्यो

आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइएको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढाइएको छ । 

हाँस–कुखुरालाई २ रुपैयाँ कर

बेंसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको आयातमा २ रुपैयाँ कर लगाएको छ । नगरवासीलाई नभइ बाहिरबाट विक्री गर्न ल्याउनेलाई कर लगाएको हो ।

ठगिँदै तामाकोसीका सेयर आवेदक

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दोलखा जिल्लावासीका लागि साउन १६ गतेदेखि आवेदन खोलेपछि सेयरका वाहनामा विभिन्न धन्दा पनि भइरहेका छन् । सदरमुकाम चरिकोटमा एक बैंकले १५ प्रतिशतभन्दा बढी ब्याज लिएर एक परिवारलाई ५० हजारका दरले ऋण लगानी गरेको छ ।

योजनाबिनै ल्याइएका डोजर प्रयोगविहीन

हिजोआज जताततै देखिन्छन् पहेंला गाडी । कतै डाँडा खोस्रिरहेका, कतै पाखो कोतरिरहेका अनि कतिचाहिँ त्यत्तिकै थन्किएर बसेका । डाँडाकाँडाका सबैजसो बस्तीमा यी पहेंला गाडी पुगेकै छन् ।

साढे ५ खर्ब निक्षेपको बिमा

बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको ५ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप सुरक्षण (बिमा) भएको छ । गत असार मसान्तको तुलनामा यो १ खर्ब १३ अर्ब रुपैयाँले बढी हो ।

ADVERTISEMENT
ADVERTISEMENT

नेपालको अलैंची राम्रो : चिनियाँ टोली

नेपाल भ्रमणमा आएका चिनियाँ टोलीले नेपालको अलैंची राम्रो भएको जनाएको छ । चीनको सिचुआन प्रान्तबाट आएका टोलीले नेपाली अलैंचीबारे उक्त प्रतिक्रिया दिएको हो ।

सिंगो गाउँ नै तरकारी खेतीमा

बेंसीसहर नगरपालिका ६, भलाम सेराका किसान काउली, बन्दा, गोलभेंडालगायतको बेर्ना जमाउन र सार्न व्यस्त छन् । जग्गा भाडामा लिएर गाउँलेले तरकारी खेती थालेका छन् ।

हिमाली गाउँमा कृषि आकर्षण

व्यास गाउँपालिका ४ सुन्सेराका मानसिंह कुँवर तरकारी उत्पादनमा लागेका छन् । गाउँपालिकाले कृषि पेसा गर्नेहरूलाई कृषि सामग्रीहरू अनुदानमा सहयोग गर्न थालेपछि उनीसँगै अन्य स्थानीयबासी समेत कृषि पेसामा जुट्न थालेका छन् । तर, यातायात र बजारको समस्या छ ।

‘किबी जोन’ बन्दै इलाम

किबी खेती प्रवद्र्धन गर्न जिल्लालाई ‘किबी जोन’ बनाइने भएको छ । अघिल्लो वर्ष नै किबी जोनको कार्यक्रम सञ्चालन हुने जानकारी गराइए पनि बजेट अभावमा हुन सकेको थिएन । भदौको पहिलो सातादेखि यसको काम सुरु हुने भएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

नयाँ सहर आयोजनाको काम सुस्त

राकम कर्णाली नयाँ सहर आयोजनाको काम सुस्त बनेको छ । कर्मचारीको लापरबाहीका कारण आयोजनाको कामले गति लिन नसकेको स्थानीयको आरोप छ । जग्गा विवादका कारणसमेत आयोजनाको काम लामो समयदेखि प्रभावित छ ।

कारोबार रकम ५६ प्रतिशतले बढयो

केही साता यता घट्दो क्रममा रहेको सेयर कारोबार यो साता ५६ अंकले बढेको छ । अघिल्ला साताहरूमा घटिरहेको कारोबार रकम गत साता ९१ करोढ ८७ लाख रुपैयाँमा सीमित भएको थियो । साप्ताहिक कारोबार धेरै समयपछि गत साता १ अर्ब रुपैयाँ तल झरेको थियो ।

महाकाली सिँचाइ आयोजना : भारतमा नहर निर्माणलाई टेन्डर

महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत भारतीय भू–भागमा पर्ने नहरको निर्माण प्रक्रिया सुरु हुने भएको छ । टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमासम्म १२ सय मिटर मूल नहर निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको हो ।

मालबाहक रेलको आवागमन बढयो

सिर्सिया सुक्खा बन्दरगाहमा मालबाहक रेलको आवागमन बढेको छ । भारतको रेल्वे सञ्जालसँग जोडिएको मुलुकको एक मात्र रेल सेवामा आधारित तथा पहिलो सुक्खा बन्दरगाहमा आउने कन्टेनर र बन्द बोरा कार्गोबाहक रेलको आवागमन झन्डै २४ प्रतिशतले बढेको हो । फलाम बोक्ने रेल बीआरएनको आवागमन भने केही घटेको छ ।

वर्षायाममा पर्यटक चहलपहल

बूढी राप्ती खोला किनारमा बुधबार बिहान सात बज्दा नबज्दै चहलपहल सुरु भइसकेको थियो । चितवन राष्ट्रिय निकुञ्ज छिर्ने मुख्य प्रवेशद्वार सौराहा आडैको बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सेनले सञ्चालन गरेको हात्ती सफारी र ढुंगा सफारीको आनन्द लिन पर्यटकहरू भेला हुन थालेका थिए । आठ बज्दा नबज्दै पाँचवटा डुंगा भरिभराउ भएर अगाडि बढे ।