कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हिमाली गाउँमा कृषि आकर्षण

दार्चुला — व्यास गाउँपालिका ४ सुन्सेराका मानसिंह कुँवर तरकारी उत्पादनमा लागेका छन् । गाउँपालिकाले कृषि पेसा गर्नेहरूलाई कृषि सामग्रीहरू अनुदानमा सहयोग गर्न थालेपछि उनीसँगै अन्य स्थानीयबासी समेत कृषि पेसामा जुट्न थालेका छन् । तर, यातायात र बजारको समस्या छ ।

हिमाली गाउँमा कृषि आकर्षण

जिल्ला सदरमुकामबाट विकटमा भएकाले व्यासमा यातायात पुगेको छैन् । यातायात नपुग्दा व्यास गाउँपालिकाका स्थानीयहरूले उत्पादन गरेको तरकारी पनि बजारसम्म पुगाउन साह्रै अप्ठयारो छ । यहाँ उत्पादित तरकारी स्थानीय बजारमा खपत हुन नसक्दा मनग्गे आम्दानी हुन नसके पनि किसानले परिवारको घर खर्च भने चलाउँदै आएका छन् ।

‘धेरै उत्पादन गर्नलाई नजिक बजार छैन,’ कुँवरले भने, ‘घरमा ताजा तरकारी खान र समान्य घर खर्च धान्न सानो उत्पादनले मद्दत पुर्‍याएको छ ।’ मेहनेत गरे उत्पादन राम्रो हुने भए पनि बजारको भने अभाव रहेको उनले बताए । यहाँका स्थानीयका घरघरमा सानो बारी हुने हँुदा बाहिरका मानिसहरू मात्र तरकारीका ग्राहक रहेको उनले बताउँछन् ।

बजार उपलब्ध भए तरकारी आय आर्जनको राम्रो स्रोत बन्न सक्ने सम्भावना धेरै छ । व्यास गाउँपालिकाले ०७४/७५ मा कृषि क्षेत्रमा लगानी लगाएर पोलिहाउस वितरण गरिएको हुनाले यो वर्षबाट स्थानीयहरू कृषि पेसामा आकर्षित भएका हुन् । कृषि व्यवसायको सम्भावना भएकाले गाउँपालिकाले कृषि क्षेत्रमा लगानी बढाएको अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताउँछन् ।

युवाहरूमा विदेशी मोहलाई त्याग गर्ने किसिमका कार्यक्रम ल्याउन सके व्यावसायिक कृषि पेसामा स्थानीय आकर्षित हुने व्यास ५ का जयसिंह धामीको बुझाइ छ ।

युवाहरूको जीवन निर्वाह गर्ने कार्यक्रम बनाएर गाउँपालिकाले अगाडि बढ्नुपर्छ । कृषिमा हरेक स्थानीय तहहरूले थुप्रै लगानी गरेको भए पनि बजारको अभाव र यातायातको पहँुच नहँुदा स्थानीयस्तरमा उत्पादन भएको फलफूल तथा तरकारी खेर जान थालेको स्थानीयबासीको भनाइ छ ।

प्रकाशित : भाद्र ३, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?