कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कारोबार रकम ५६ प्रतिशतले बढयो

काठमाडौँ — केही साता यता घट्दो क्रममा रहेको सेयर कारोबार यो साता ५६ अंकले बढेको छ । अघिल्ला साताहरूमा घटिरहेको कारोबार रकम गत साता ९१ करोढ ८७ लाख रुपैयाँमा सीमित भएको थियो । साप्ताहिक कारोबार धेरै समयपछि गत साता १ अर्ब रुपैयाँ तल झरेको थियो ।

कारोबार रकम ५६ प्रतिशतले बढयो

यो साता १ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । गत साताको तुलनामा कारोबार रकम ५६.१० प्रतिशतले बढी हो । करिब साढे २२ हजार कारोबारबाट १ सय ८५ कम्पनीका ४५ लाख २ हजार ४ सय ५० कित्ता सेयर खरिद बिक्री भए । गत साता ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार ८ सय ४० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यो साता आइतबारबाहेक सबै कारोबार दिनमा नेप्से परिसूचक बढयो । आइतबार करिब साढे १६ अंकले घटेका नेप्से त्यसपछिका ४ कारोबर दिनमा बढयो । यो वृद्धिले साप्ताहिक रूपमा सेयर बजारलाई २९.६९ अंक माथि पुर्‍यायो । तर, साताको पहिलो दिन (आइतबार) को तुलनामा नेप्से परिसूचक ४६.३८ अंकले मात्र बढेको देखिन्छ । आइतबार १ हजार १ सय ६३.९४ विन्दुमा रहेको नेप्से बिहीबार १ हजार २ सय १०.३२ विन्दुमा पुगेको छ ।

साप्ताहिक कुल कारोबारमा वाणिज्य बैंकहरू आबद्ध बैंकिङ समूहको हिस्सा करिब ३९.३१ प्रतिशत रहयो । गत साताको तुलनामा यस्तो हिस्सा बढेको हो । गत साता कुल कारोबारमा बैंकिङ समूहको हिस्सा करिब ३३ प्रतिशत थियो । गत साताको तुलनामा यो साता कुल कारोबारमा बिमा समूहको हिस्सा बढेको छ । यो साता कुल कारोबारमा बिमा समूहको हिस्सा २१.१५ प्रतिशत छ । गत साता यस्तो हिस्सा १६.१६ प्रतिशत थियो । यसैगरी कुल साप्ताहिक कारोबारमा संस्थापक सेयरको हिस्सा ८.२, लघुवित्तको करिब ११.१३, विकास बैंकको ८.६९ र जलविद्युतको हिस्सा ४.९९ प्रतिशत रहयो ।

नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक यो साता ६.२५ अंकले बढयो । व्यापारमा रहेका सबै कम्पनीहरूको कारोबार मापक फ्लोट परिसूचक २.३१ अंकले सकारात्मक रहयो ।यो साता कारोबार रकम (७ करोड ८४ लाख रुपैयाँ) का आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । कारोबार सेयर संख्या (१ लाख ७५ हजार कित्ता) का आधारमा मेगा बैंक सबैभन्दा अघि छ । तर, कारोबार संख्या (१ हजार २ सय ६५ वटा) का आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था अग्रस्थानमा रहेको नेप्सेले जनाएको छ ।

साप्ताहिक कारोबारका आधारमा यो साता सेयरधनीहरूका लागि सुखद रहयो । पाँच दिनको समग्र कारोबारमा सबै समूहअन्तर्गतका लगानीकर्ताको सम्पत्ति बढयो । यसको अर्थ साताभरको कारोबारमा सबै समूहका परिसूचक बढे । जसमध्ये निर्जीवन बिमा समूहको परिसूचक सबैभन्दा बढी २ सय ४.६९ अंकले बढयो ।

प्रकाशित : भाद्र ३, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?