२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

इन्धनको भाउ बढ्यो

काठमाडौँ — आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइएको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढाइएको छ । 

इन्धनको भाउ बढ्यो

नयाँ मूल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ रुपैयाँ तिर्नुपर्नेछ । मूल्य समायोजनपछि निगमको घाटा १५ दिनमा ७ करोड २० लाख रुपैयाँ हुनेछ ।


अमेरिकी डलरको भाउ बढेकाले तेलको भाउ बढाउनुपरेको निगमले जनाएको छ ।

प्रकाशित : भाद्र ३, २०७५ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?