कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

माछापुच्छ्रे बैंकले तीन खेलाडीलाई बनायो ब्रान्ड एम्ब्यासडर

काठमाडौँ — माछापुच्छ्रे बैंकले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई बैंकको ब्रान्ड एम्ब्यासडर बनाएको छ । 
मिरा राई नेपाली म्याराथनको एक चर्चित नाम हो । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मिरा राईले देश र विदेशमा थुप्रै उपाधि जितेकी छन् । 

माछापुच्छ्रे बैंकले तीन खेलाडीलाई बनायो ब्रान्ड एम्ब्यासडर

त्यसैगरी प्रतिमा शेर्पा नेपालको १ नम्बर महिला गल्फर हुन् भने १३ वर्षीय आर्यन गिरी टेनिस खेलाडी हुन्।


पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले राई, शेर्पा र गिरी जस्ता खेलाडीहरुलाई बैंकसाग आवद्ध गर्न पाउनु गौरवको विषय रहेको बताए।


बैंकका पूर्व अध्यक्ष तथा पुर्व सांसद डा. वीरेन्द्र प्रसाद महतोले समेत बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुले बैंकलाई अझै उचाईमा पुर्‍याउने कुरामा आफु विश्वस्त रहेको बताए।


बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा ११३ स्थानबाट सेवा दिइरहेको छ । बैंकको देशभर ९९ वटा एटीएम सञ्चालनमा छ ।


प्रकाशित : भाद्र ४, २०७५ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?