अर्थ / वाणिज्य
भाद्र ५, २०७५

सात दिनभित्र विवरण पठाउन राष्ट्र बैंकलाई अर्थको निर्देशन

व्यवस्थापिका संसद्को अर्थ समितिले एक साताभित्र वित्तीय अवस्थासम्बन्धी विवरण पठाउन राष्ट्र बैंकलाई निर्देशन दिएको हो । 

जफत गरिएको तरकारी बिक्री गर्दै सरकार

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियन्त्रणमा लिएको तरकारी प्रहरीको सहयोगमा बिक्री गर्न थालिएको छ । ललितपुर र बाराबाट तरकारी लिएर आएका गाडीलाई बिल र कागजात माग्दा नदिएको भन्दै सोमबार नियन्त्रणमा लिइएको तरकारी सरकार आफैंले बिक्री गर्न थालेको हो ।

तरकारीमा सिन्डिकेट: व्यापारी पक्राउको विरोधमा कालिमाटी बजार सुनसान, बल्खुमा सामान्य

अनुगमनका क्रममा अवरोध गर्ने कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउको विरोधमा आज व्यापारीहरुले किसानहरुबाट तरकारी खरिद गरेनन् ।

नेपालको बिजुुली सिंगापुरमा !

नेपालको बिजुली सिंगापुरमा । झट्ट सुन्दा सपनाजस्तो लाग्छ । यही ३०–३१ अगस्टमा काठमाडौंमा हुन गइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनमा ‘ग्रिड कनेक्टिभिटी’ (विद्युत् प्रसारण लाइन सञ्जाल) सम्बन्धी सम्झौतामा हस्ताक्षर भए नेपालका नदीनालाबाट उत्पादित बिजुलीलाई सिंगापुरसम्म पुर्‍याउने सपना यथार्थमा परिणत हुन धेरै वर्ष लाग्ने छैन ।

न्यौपानेका नाममा फेलोसिप

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले फ्याक्ट रिसर्च एन्ड एनालिटिक्स रिसर्चसँग मिलेर ‘सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसिप’को घोषणा गरेको छ ।

ADVERTISEMENT

औद्योगिक क्षेत्र सञ्चालनमा समस्या

सप्तरीको विकाससँग जोडिएको गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्रमा विवाद चुलिएको छ । विद्युत्, पानी, सुरक्षालगायतका सुविधा नभएको भन्दै उद्योगीहरूले औद्योगिक क्षेत्रमा तालाबन्दी गरेका छन् ।

गाउँपालिका महासंघको आह्वान: ‘करमा पुनरावलोकन गर’

स्थानीय सरकारको कर वृद्धिले जनतालाई अप्ठ्यारो महसुस भएको भए सभामा छलफल गरी पुनरावलोकन गर्न गाउँपालिका महासंघले आफ्ना सदस्यहरूलाई आह्वान गरेको छ ।

भाद्र ४, २०७५

रेमिटयान्समा राष्ट्र बैंकको निर्देशन: ‘पैसा नआई भुक्तानी नदिनू’

बैंक तथा वित्तीय संस्था र रेमिटयान्स कम्पनीहरूले विदेशबाट पैसा (विदेशी मुद्रा) आएपछि मात्र लाभग्राही (ग्राहक) लाई भुक्तानी गर्नुपर्ने भएको छ । यही भदौ १ गतेदेखि लागू हुने गरी राष्ट्र बैंकले यस्तो व्यवस्था ल्याएको छ ।

माछापुच्छ्रे बैंकले तीन खेलाडीलाई बनायो ब्रान्ड एम्ब्यासडर

माछापुच्छ्रे बैंकले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई बैंकको ब्रान्ड एम्ब्यासडर बनाएको छ । मिरा राई नेपाली म्याराथनको एक चर्चित नाम हो । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मिरा राईले देश र विदेशमा थुप्रै उपाधि जितेकी छन् । 

५० विमानस्थलमध्ये ४३ घाटामा

मुलकभरका ५० विमानस्थलमध्ये ४३ घाटामा देखिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित पोखरा, भैरहवा, लुक्ला, भरतपुर, सिमिकोट, नेपालगन्जबाहेक अन्य सबै घाटामा चल्दै आएका छन् ।

गलत बीउ सिफारिस गरे क्षतिपूर्ति

सरकारी र गैरसरकारी संस्थाले सिफारिस गरेका बीउ र मल प्रयोग गर्दा बाली उत्पादनमा कमी भएमा सिफारिसकर्ताले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने भएको छ ।

सम्झौता गरेर मात्रै मलेसियामा कामदार

सरकारले मलेसियासँग श्रम सम्झौता गरेर मात्रै कामदार आपूर्ति सुचारु गर्ने भएको छ । नेपालले यथा अवस्थामा कामदार नपठाउने अडान लिएपछि मलेसिया पनि यथाशक्य छिटो श्रम सम्झौता गर्न तयार देखिएको हो ।

भेनेजुएलाको दु:ख: संकटमा अर्थतन्त्र अभाव झेल्दै जनता

कुनै बेला दक्षिण अमेरिकामै सबैभन्दा धनी राष्ट्र थियो, भेनेजुएला । यहाँका कामदारहरू सबैभन्दा धेरै ज्याला पाउने भाग्यमानीमा दरिन्थे । यो सन् १९७० ताकाको अवस्था हो । त्यो बेलामा विश्वकै २० धनी देशभित्र अटाउँथ्यो ।

मकै र फापरको उत्पादन घट्दै

पछिल्लो समय दुर्गम पहाडी क्षेत्रमा मकै, कोदो र फापरको खेती घट्दै गएको छ । आधुनिक खेती प्रणालीसँगै मकै, कोदो, फापर र जुनेलोको विकल्पमा लागेकाले उत्पादन घट्दै गएको हो ।

भेरी बबई डाइभर्सन आयोजना: डयाम र विद्युत्गृह निर्माणको बाटो खुल्यो

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइर्भसन आयोजनाले बाँध (डयाम) र विद्युत्गृह (पावरहाउस) निर्माणको प्रक्रिया सुरु गरेको छ । सुरुङ खनिरहेको टनेल बोरिङ मेसिन (टीबीएम) ले जोखिमयुक्त क्षेत्र (रिस्क जोन) पार गरेपछि आयोजनालाई अघि बढ्न सहज भएको हो ।

खाद्यान्न र स्याउ कुहिन थाल्यो

चीनसँगको प्रमुख व्यापारिक नाका धुन्चे–रसुवागढी सडक खण्डमा तीन साताअघि गएको पहिरोको कारण यातायात अबरुद्ध हुँदा खाद्यान्न, स्याउ तथा लत्ताकपडा बोकेका सयौं कन्टेनर बाटैमा अलपत्र परेका छन् ।