१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जफत गरिएको तरकारी बिक्री गर्दै सरकार

राजु चौधरी

काठमाडौँ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियन्त्रणमा लिएको तरकारी प्रहरीको सहयोगमा बिक्री गर्न थालिएको छ । ललितपुर र बाराबाट तरकारी लिएर आएका गाडीलाई बिल र कागजात माग्दा नदिएको भन्दै सोमबार नियन्त्रणमा लिइएको तरकारी सरकार आफैंले बिक्री गर्न थालेको हो ।

जफत गरिएको तरकारी बिक्री गर्दै सरकार

अनुगमन टोलीले काँक्रो, फर्सीलगायत तरकारी लिएरका बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट तरकारी जफत गरेको थियो ।


तरकारी बिक्रीमा सहभागी विभागका शाखा अधिकृत दीपक पोखरेलका अनुसार ट्राफिक प्रहरीको सहयोगमा सर्वसाधरण र सशस्त्र प्रहरीले तरकारी खरिद गरिरहेका छन् । टोलीले कालीमाटी तरकारी बजारकै दरभाउमा काँक्रो प्रतिकिलो ५० देखि ६५ र फर्सी ४० देखि ५० रुपैयाँ निर्धारण गरिएको थियो । उक्त मूल्यमा बिक्री नभएपछि टोलीले मूल्य पुन: घटाएर प्रतिकिलो २५ देखि ३५ रुपैयाँ निर्धारण गरेको जनाएको छ ।


‘दुई/तीन घण्टा कुर्दा पनि बिकेन,’ उनले भने, ‘त्यसपश्चात् मूल्य पुन: घटाएका छौं ।’ मूल्य घटाएपछि काँक्रो सबै बिक्री भएको छ । फर्सी बाँकी रहेकाले पुन: सूचना प्रकाशित गरेर फर्सीको मूल्य १५ देखि २० रुपैयाँ राखेको उनले बताए ।

प्रकाशित : भाद्र ५, २०७५ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?