१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सीमामा मौलायो मरिच तस्करीः सुपारीमा भन्दा दोब्बर फाइदा

पर्वत पोर्तेल

काँकडभिट्टा — भन्सार विभागले सुपारीको आयातलाई निरुत्साहित पार्न मूल्यांकन वृद्धि गरी प्रति किलो ४५ रुपैयाँ कायम गरेपछि आयातमा थोरै कमी आएको छ । तर, पूर्ण रुपमा आयात घटेको छैन ।

सीमामा मौलायो मरिच तस्करीः सुपारीमा भन्दा दोब्बर फाइदा

सुपारीको आयात जारी रहेकै बेला पूर्वी नाकाबाट मरिचको आयात ह्वात्तै वढेको छ ।


मेची भन्सार कार्यालयका अनुसार ४ करोड २२ लाख ४८ हजार मूल्यको ९६ हजार ८ किलो मरिच पूर्वी नाकाबाट भित्रिएको छ । कार्यालयका अनुसार भियतनाम, इन्डोनेसिया, ब्राजिल आदि मुलुकबाट मरिच भित्रिरहेको छ ।


झापा विर्तामोडको निखिल एण्ड अभी इन्टरप्राइजेजले इन्डोनेसिया र ब्राजिलबाट ३ करोड २९ लाख २ हजार ८ सय ४२ रुपैयाँ बराबरको ६७ हजार किलो मरिच आयात गरेको छ ।


त्यसैगरी विराटनगरको रिद्धीसिद्धी इन्टरप्राइजेजले ८३ लाख १७ हजार मूल्यको १६ हजार किलो र राठी ट्रेडिङ कम्पनीले ३६ लाख ३८ हजार मूल्यको १३ हजार ८ सय किलो मरिच भित्र्याएको छ ।


भन्सारले सुपारीको मूल्यांकन १ हजार ५० प्रति मेट्रिक टन अर्थात् प्रति केजी ४५ रुपैयाँ सोझै निर्धारण गरेको छ । १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)) त छदैछ । आयातकर्ताले प्रति मेट्रिन टन ४५ हजार भन्सार महसुल र १३ प्रतिशत भ्याटको करिब १५ हजार गरी करिब ६० हजार राजश्व बुझाउँछन् ।

जबकी मरिचको मूल्यांकन सुपारी भन्दा महंगो छ । ५ प्रतिशत महसुल र १३ प्रतिशत भ्याट लाग्छ । भन्सारले कालो मरिच पर मेट्रिक टन ७ हजार डलर र सेतो मरिच प्रति मेट्रिक टन ९ हजार डलर मूल्यांकन तोकिदिएको छ ।


प्रति एक मेट्रिक मरिच आयातमा करिब १ लाख ४३ हजार राजश्वमा खर्च हुन्छ । यसरी हेर्दा यसको बजार मूल्य प्रति किलो करिब ७ सय रुपैयाँ हुन जान्छ ।


भारतमा मरिचको भाउ महंगो छ । प्रति किलो करिब ९ सय भारु सम्म विक्री हुन्छ । जसका कारण मरिचको तस्करीमा संलग्नलाई दोब्बर भन्दा ज्यादा नाफा हुन्छ । ‘भारतमा विक्री गर्दा नाफा धेरै छ’, भन्सार स्रोत भन्छ,‘त्यही कारण यसको आयात र त्यसपछि तस्करी मौलाएको हो ।’


दुई साता अघि इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले पटक पटक गरी करिब डेढ सय किलो तस्करीको मरिच बरामद गरी भन्सार बुझाएको थियो ।


प्रहरीसँगको सेटिङ नमिल्दा प्रहरीले मरिच बरामद गरेको हो । पूर्वको झापासहित मोरङ, सुनसरी, सिरहालगायतका सीमावर्ती क्षेत्रहरूबाट मरिचको चोरी निकासी मज्जाले फष्टाएको छ ।

प्रकाशित : भाद्र ६, २०७५ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?