१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

६४ करोडमा बिक्री भयो सौर्य एयरलाइन्स 

सुरज कुँवर

काठमाडौँ — चार वर्षअघि क्यानेडियन जेट विमान (बमबार्डियर सिआरजे २००) ल्याएर नेपाली आकासमा उडान थालेको सौर्य एयरलाइन्स बिक्री भएको छ । 

६४ करोडमा बिक्री भयो सौर्य एयरलाइन्स 

५० सिट क्षमताका साढे १५ र साढे १७ वर्ष पूराना दुईटा सीआरजे विमानबाट काठमाडौंदेखि सुगम रुटहरु (भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगंज र धनगढी) मा उडान थालेको यो कम्पनी चीनमा बसेर व्यापार गर्दै आएका श्याम अधिकारीको समूहले ६४ करोड रुपैयाँमा सकारेका हुन् ।


आजदेखी सौर्य एयरलाइन्स नयाँ व्यवस्थापनले लिएको छ,’ कम्पनीका मार्केटिङ प्रमुख मुकेश खनालले कान्तिपुरसँग भने, ‘कम्पनीको कूल मूल्यांकन ६४ करोड हाराहारी थियो यसभित्र ५१ करोड हाराहारी बैंकको ऋण समेटिएको छ ।’


खनालका अनुसार, अबको एक महिनामा पुरानो व्यवस्थापनले कम्पनी हस्तान्तरण गरिसक्ने छ । यो कम्पनीमा २ सय हाराहारी कर्मचारी छन् ।


यसअघि यो एयरलाइन्स झापाका सुपारी/लसुन तथा बालुवा व्यापारी दिपक पोखरेलको थियो । एयरलाइन्सका अनुसार, यसमा व्यापारी पोखरेलको ८० प्रतिशत हाराहारी शेयर थियो ।


उनीबाहेक थप १३ जना अन्य व्यापारी यसका साना लगानीकर्ता थिए । चीनमा बसेर व्यापार गर्दै आएका प्यूठानबासी अधिकारीले यो एयरलाइन्स खरिद गर्नुअघि सीता एयरका लगानीकर्ताले यो एयरलाइन्स खरिद गर्न चाहेका थिए ।


‘एक/दुई राउन्ड छलफल भएको थियो । नेगोसिएसनको अन्तिम चरणमा हाम्रो व्यवस्थापन सन्तुष्ट हुन नसकेपछी बिजनेश डिल हुन सकेन,’ सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम राज आचार्यले भने ।


सौर्यसँग भएका दुईटा विमानको इन्जिन र ल्याण्डिङ्ग गियर आवर (लाइफ साइकल) अत्याधिक न्यून छ । नयाँ व्यवस्थापनले ६४ करोडबाहेक थप यी दुई विमानको इन्जिन र ल्याण्डिङ्ग गियर मर्मतमा करोडौं रुपैया लगानी गर्नुपर्ने छ ।


आर्थिक अभावकै कारण डेढ महिनादेखि बन्द एयरलाइन्सले बुधबारदेखि पुन: उडान सुचारु गरेको खनालले बताए ।


उनका अनुसार, नयाँ सञ्चालकले यी दुवै विमानलाई चाडै फेज-आउट गरी दशै अघि नै सीआरजे-७०० सिरिजका विमान थप्ने घोषणा गरेको छ । यसबाहेक हेलिकप्टर उडान पनि थाल्ने भनेको छ ।

प्रकाशित : भाद्र ६, २०७५ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?