अर्थ / वाणिज्य
भाद्र ९, २०७५

मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च व्यहोर्ने प्रदेश सरकारको निर्णय 

धनगढीप्रदेश सरकारले कञ्चनपुरमा भएको झडपमा शुक्रबार मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने भएको छ ।  मन्त्रिपरिषद्को शनिबार आकस्मिक बैठकले मृतक सन्नी खुनाका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च दिने निर्णय गरेको हो । क्षतिपूर्ति रकम भने खुलाएको छैन ।  

सुरुङमार्ग अनुमति खारेजीको माग

प्रदेश ३ सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि निजी कम्पनीलाई दिएको अनुमतिपत्र खारेज गर्न संघीय सरकारलाई पत्राचार गरेको छ ।

भारतसँग रेलमार्ग र बल्क कार्गो सम्झौता हुने

बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका अवसरमा भारत र नेपालबीच दुई सम्झौता हुने भएका छन् ।

हाइड्रोपावरलाई बजेट अभाव

देशकै ठूलोमध्येको नलसिंहगाड हाइड्रोपावर कम्पनीलाई बजेट अभाव भएको छ । सरकारले ४१० मेगावाटको यो हाइड्रोपारलाई प्राथमिकतामा नराख्दा बजेट अभाव भएको हो ।

सस्तो कार चढ्छन् यी अर्बपति

विश्वका कयौं अर्बपतिहरू आफूसँग अथाह सम्पत्ति भएर पनि सस्तो कार चढछन् । सादा जीवन अपनाउँछन् । परोपकारी सेवामा आफ्नो सम्पत्तिको केही रकम मन खोलेर दान गर्छन् । अझ रोचक त के छ भने तिनीहरूले सस्तो मूल्यका कार प्रयोग गर्छन् ।

भाद्र ८, २०७५

लसुनले भाउ पाएन

मूल्य नपाएपछि यहाँको एउटै वडाको तीन सय क्विन्टल लसुन बिक्री भएको छैन । मुसीकोट नगरपालिका १० का किसानले उत्पादन गरेको लसुन उचित मूल्य नपाएपछि बिक्री नगरेका हुन् ।

प्रोबायोटिकका उत्पादन ‘अयोग्य’

प्रोबायोटिक इन्डस्ट्रिज प्रालिबाट उत्पादित खाने तेल ‘खान अयोग्य’ भएको फेला परेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आकस्मिक निरीक्षण गर्दा उक्त उद्योगको तेल गुणस्तरहीन फेला परेको हो ।

६ वर्ष बित्यो पुल बनेन

खलंगामा यातायात सञ्चालन भएको दशक बित्यो तर छिन्चु–जाजरकोट सडकको खलंगाबजार जोड्ने पासागाड खोलामा पुल निर्माण हुन सकेको छैन । सडक विभागको चरम लापरबाहीले खलंगाको पासागाड पुल निर्माण ६ वर्षदेखि अलपत्र परेको हो ।