कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तीन अङ्कले घट्यो शेयर बजार

काठमाडौँ — निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आइतबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ ।

तीन अङ्कले घट्यो शेयर बजार

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७ विन्दुले घटेर २४८.४२ विन्दुमा कायम भएको छ । कूल १४६ कम्पनीको रु छ लाख नौ हजार २५७ कित्ता शेयर रु २० करोड ५५ लाख ५८ हजार ६४३ मूल्यमा खरिद बिक्री भएका छन् ।


उत्पादन समूह बाहेक अरु उपसमूहको शेयर आज ओरालो लागेको हो । उत्पादन समूहको शेयर १४.१७ विन्दुले बढेको छ । बैंकिङ १.०३, होटल ०.०४, विकास बैंक ११.५, जलविद्युत् २.०६, वित्त १.६१, निर्जीवन बीमा ४२.४८, अन्य २.७, माइक्रोफाइनान्स १२.६२ र जीवन बीमा १.८८ बिन्दुले घटेको छ ।


स्टककाअनुसार घटेको बजारमा ङादी समूहका शेयर लगानीकर्ताले चार प्रतिशत कमाएका छन् भने बैंक अफ काठमाडौँका शेयर लगानीकर्ताले तीन प्रतिशत कमाएका छन् । यस्तै कर्णाली विकास बैंक, आइएमई जनरल इस्योरेन्स, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित : भाद्र १०, २०७५ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?