चन्दननाथले लगानी सम्मेलन गर्ने

काठमाडौँ — जुम्लाको चन्दननाथ नगरपालिकाले आगामी २९ गते लगानी सम्मेलन गर्ने भएको छ । जुम्लाको सम्भावना देखाउँदै लगानीको आह्वान गर्न नगरपालिकाले सम्मेलनको आयोजना गर्न लागेको हो ।

चन्दननाथले लगानी सम्मेलन गर्ने

‘हामीले स्थानीय तहमा पहिलोपटक लगानी प्रवद्र्धन सम्मेलन आयोजना गर्न लागेका छौं,’ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘विकास : सामथ्र्यको उजागर साथ एकदिने लगानी सम्मेलन आयोजना गर्न लागेका हौं ।’

सम्मेलन चन्दननाथ नगरपालिका कर्णाली प्राविधिक शिक्षालयमा हुनेछ । ‘कर्णालीमा प्रदेश भौतिक विकास र मानव विकासका दृष्टिले पिछडिएको’ भन्दै उक्त लगानी सम्मेलनले ठूलो अर्थ बोकेको उनले बताइन् । ‘स्थानीय विज्ञले कृषि, पर्यटन तथा जडीबुटीका सम्भावनाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ,’ उनले भनिन् ।

सम्मेलनमा उद्योगी व्यवसायी, सरकारका अधिकारी, कूटनीतिक नियोग तथा दातृ निकाय, बैंक तथा वित्तीय संस्था सहभागी हुने उनले बताइन् । सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रिय योजना आयोगले उक्त सम्मेलनका लागि सहयोग तथा मध्यस्थता गर्न आयोगका सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी
दिएको छ ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?