२८ लाई कृति अवार्ड्स

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विज्ञापन संघले राजधानीमा दसौं कृति अवार्ड्स ०७५ सम्पन्न गरेको छ । कार्यक्रममा विजयी २८ विधाका विज्ञापनहरूलाई अवार्ड्स प्रदान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

अवार्ड पाउने एजेन्सीहरूमा प्रिज्मार्क ६, अभानी ५, एएनएस ५ एडमिडिया ५, बिजनेस एडभान्टेज ३, भिचित्र ३, ओएस्टर २, मेकवेज २, लेमन २, आउटरिच २, कि एडभरटाजिङ १, डिजिटलइन १, क्रियो १, म्याक्स मिडिया १, एसपी मिडिया १, मिटिङ प्वाइन्ट १, इको १ रहेका छन् ।

कार्यक्रममा प्रायोजक नेपाल आइस, सीजी सिमेन्ट, यती कार्पेट, सफ्टी हाइजिन, मुक्तिनाथ विकास बैंक, नेपाल पर्यटन बोर्डलाई सम्मान–पत्र दिइएको आयोजकले जनाएको छ ।

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र १३, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक बुधबार बिहान राजधानी आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे। विशिष्ट पाहुना वाङचुकलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो। उनलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले पनि स्वागत गरेका थिए।


तस्बिरः अंगद ढकाल


प्रकाशित : भाद्र १३, २०७५ ०९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT