अर्थ / वाणिज्य
भाद्र १४, २०७५

नयाँ रेकर्ड बनाउँदै डलर, नेपाललाई लाभभन्दा हानि धेरै

शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्चिनुपर्ने भएको छ । यो विनिमय दर हालसम्मकै उच्च हो । यसको अर्थ डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने हो । दुई दिनअघि एक अमेरिकी डलरको विनिमयदर १ सय १२ रुपैयाँ ६५ पैसा पुगेको थियो ।

एक महिनादेखि रसुवागढी नाका ठप्प

चीन जोड्ने एक मात्र अन्तर्राष्ट्रिय रसुवागढी नाका एक महिनादेखि ठप्प छ । रसुवागढी नाका नजिकैको पहिराले घट्टेखोलाको पुललाई बाढीले पुर्‍याएको क्षति र गोसाइँकुण्ड गाउँपालिका ५ को खोपाङ भीरको पहिराले यातायात अवरुद्ध भएपछि एक महिनादेखि नाका ठप्प भएको हो ।

भुक्तानी सन्तुलन जोखिममा

सात महिनापछि गत असारमा बचतमा रहेको भुक्तानी सन्तुलन फेरि जोखिममा पर्ने देखिएको छ । उक्त अवधिमा उधारो आयात उच्च दरले बढेकाले भुक्तानी सन्तुलन जोखिममा पर्ने देखिएको हो ।

नारायणी लिफ्ट सिँचाइ: पम्प जीर्ण बन्दै

विद्युत्‌बाट चल्ने पम्पले नदीबाट पानी तानेर नहर सञ्चालन भएको योजना नारायणी लिफ्ट सिँचाइका पुराना पम्पहरू जीर्ण भएका छन् । तत्काल नफेर्ने हो भने कुन बेला बिग्रेर नहर ठप्प हुने हो भन्ने त्रास छ ।

भाद्र १३, २०७५

सरकारले फेरि लगानी सम्मेलन गर्ने

सरकारले फेरि लगानी सम्मेलन गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाका अनुसार लगानी सम्मेलनको तयारी भइरहेको छ । ‘हामी लगानी सम्मेलन गर्दै छौं,’ आर्थिक पत्रकार समाज (सेजन) को बुधबार आयोजित वार्षिक साधारणसभालाई सम्बोधन गर्दै खतिवडाले भने । 

ADVERTISEMENT

उपभोक्ता हितलाई कमजोर बनाउँदै सांसद

उपभोक्ता हितलाई कमजोर बनाउने गरी सांसदहरूले प्रस्तावित ऐनमा संशोधन पेस गरेका छन् । सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले प्रस्तावित ऐनमा व्यवस्था गरिएको कालोबजारीलाई सजाय घटाउने, अनुगमनमा व्यापारीलाई नै संलग्न गराउनेलगायतका संशोधन दर्ता गराएका हुन् ।

पहिलो बैठक निष्कर्षविहीन

पश्चिम सेती जलाशययुक्त आयोजना निर्माणमा देखिएको अन्योलबारे प्रवद्र्धक कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन र नेपाली सरोकारवालाबीच वार्ता सुरु भएको छ । वार्ताको लागि थ्री गर्जेजका सभापति जाओ जिङजियाङसहितको टोली नेपाल आएको छ ।

२८ लाई कृति अवार्ड्स

नेपाल विज्ञापन संघले राजधानीमा दसौं कृति अवार्ड्स ०७५ सम्पन्न गरेको छ । कार्यक्रममा विजयी २८ विधाका विज्ञापनहरूलाई अवार्ड्स प्रदान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

भाद्र १२, २०७५

तरकारी व्यापारमा बेथिति : जताततै मूल्यबिनाका बिल

तरकारी व्यापारमा किसान तथा उपभोक्ता ठगिनुका धेरै कारणहरूमध्ये बिलबिजक पनि एउटा भेटिएको छ । व्यापारमा संलग्न सबै तहमा बिल नै जारी नहुने, जारी भए पनि मूल्य नै उल्लेख नभएको भेटिएको हो ।

खास किसानसम्म पुगेन अनुदान

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अगुवाइमा सुरु गरिएको ‘मह एग्रिकल्चर’ फार्म ७ वर्ष चल्यो । १२ जना मिलेर ५५ लाख लगानी गरेको फार्मले चर्चा धेरै बटुल्यो । केही समयपछि फार्म बन्द भयो ।

ADVERTISEMENT
ADVERTISEMENT

दिल्लीका कोल्डस्टोरमा पसिना बगाउँदै

नयाँदिल्लीको आजादपुरस्थित तरकारी बजार । चौबीसै घण्टा क्रेता र विक्रेताको भीड हुने यो बजारसँगै छन्, लहरै उभिएका बहुतले पुराना घर । ती घरका तलैपिच्छे फलफूल तथा तरकारी चिस्यान केन्द्र छन् ।यिनै चिसा कोल्ड स्टोरमा वर्षौंदेखि बितिरहेको छ, केही नेपालीको जिन्दगी ।

विद्यालय चलाउन च्याउ खेती

आर्थिक समस्याले पिरोलिएको थबाङस्थित वीर बलभद्र माविले च्याउ खेती गरेर खर्च जुटाउन थालेको छ । विद्यालय परिसरको करिब ७ रोपनी जग्गामा च्याउ खेती गरेर अतिरिक्त आम्दानी सुरु भएको हो ।

कुलेखानी–३ को विद्युत् पुसमा

स्वदेशी लगानीमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य पुस १६ सम्म सम्पन्न गर्ने प्राविधिकहरूले बताएका छन् ।

पश्चिम सेतीबारे ‘निर्णायक’ वार्ता

लामो समयदेखि चर्चामा रहेर पनि निर्माण सुरु हुन नसकेको पश्चिम सेती जलविद्युत् आयोजना बनाउने जिम्मा पाएको चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनको उच्चस्तरीय टोलीले मंगलबारदेखि नेपाली पक्षसँग वार्ता गर्दै छ ।

चीनले गर्‍यो ‘न्यू सिल्क रोड’ को बचाउ

चिनियाँ अधिकारीहरूले बेइजिङको ‘न्यू सिल्क रोड’ बनाउने पहलको सोमबार बचाउ गरेको छ । मलेसियाले चीनद्वारा बनाइने दुइटा ठूला परियोजना रद्द गरेपछि बेइजिङको यो भनाइ सार्वजनिक भएको हो ।