१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विदेशी एजेन्टलाई पर्यटक उद्धारमा रोक

सुरज कुँवर

काठमाडौँ — पर्यटकको फर्जी उद्धार गरी विदेशी विमा कम्पनीमार्फत अत्याधिक रकम अशुल्ने धन्दा रोक्न सरकारले शनिबारदेखि लागू हुने गरी नयाँ कार्यविधि ल्याएको छ । यो कार्यविधि अनुसार, अबदेखि नेपाल भ्रमणमा आउने पर्यटक तथा सहयोगीको खोज तथा उद्धारमा पर्यटक प्रहरीको सहभागी अनिवार्य गरिएको छ ।

विदेशी एजेन्टलाई पर्यटक उद्धारमा रोक

यो कार्यविधिले अब विदेशी कम्पनीको नेपालस्थित एजेन्टलाई खोज तथा उद्धार र पर्यटकको उपचारमा संलग्न हुन नपाउने गरी रोक लगाइदिएको छ ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि’ ले यस्तो व्यवस्था गरेको हो । यसअघि विदेशी एजेन्टहरु पनि उद्धार तथा खोजमा संलग्न हुँदै आएका थिए ।


यस कार्यविधि अनुसार अबदेखी उद्धारमा नेपाली रेस्क्यु कम्पनीहरु सहभागी हुन नपाउने भएका छन् । पदयात्रा तथा पर्वतरोहणमा गएको पर्यटक तथा सहयोगी हराएमा, विपतमा परेमा खोजी गर्ने दायित्व कार्यविधिले पर्यटन विभागमा दर्ता भएका ट्रेकिङ्ग कम्पनी, एक्सिपिडिसन, र्‍याफ्टीङ्ग वा यस्तै साहसिक कृयाकलाप गराउने एजेन्सीको हुने भनेको छ । नेपालको पदयात्रा, जलयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकिय क्रियाकलापमा आइपर्ने विपत न्यूनिकरण गर्नका लागि यसअघि मापदण्ड नहुँदा केही व्यवसायीहरुले यस्लाई व्यपारीकरण गरेका थिए ।


अबका दिन एजेन्सीहरुले पर्यटक उद्धार गरिएको साधन, उद्धार लागत, उपचारार्थ लगिएको स्वास्थ्य संस्था र पर्यटकबारे पर्यटक प्रहरीमार्फत पर्यटन विभागमा जानकारी गराउनु पर्ने छ । त्यसैगरी पर्यटक उद्धारमा संलग्न हेलिकप्टर कम्पनीले प्रत्यक पटक सिजन सकिएको १५ दिनमा उद्धार उडानको विवरण सरकारलाई बुझाउनु पर्नेछ । अस्पतालले पनि अब पर्यटकको उपचार सकेको १५ दिनमा सबै विवरण सरकारलाई बुझाउनु पर्ने छ ।


आगामी दिनमा पर्यटक उद्धारमा हुन सक्ने चुनौती हेर्न पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा निर्देशक समिति पनि हुने छ ।


यसैबीच हेलिकप्टर कम्पनीहरुले उडान समय, दूरी, उचाई समेतका आधारमा अधिकतम हेलिकप्टर चार्टर भाडा निर्धारण गर्नुपर्ने छ ।


प्रकाशित : भाद्र १५, २०७५ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?