१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नाडा अटो सो हुने

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले राजधानीमा १३ औं संस्करण नाडा अटो सो–२०१८ गर्ने भएको छ ।

नाडा अटो सो हुने

भृकुटीमण्डपको प्रदर्शनी कक्षमा भदौ २६ देखि ३१ गते हुने आयोजकले जनाएको छ । सवारी साधन तथा अटो कम्पोनेन्ट्ससम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई, नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार–प्रसार–प्रवद्र्धन गर्नु नाडा अटो सोको मुख्य उद्देश्य रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोजकका अनुसार आम सर्वसाधारणलाई सवारी साधनको महत्त्व र उपयोगिताबारे व्यापक जानकारी गराउने साथै सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालना एवं सडक सुरक्षासम्बन्धी व्यापक जनचेतनाको अविवृद्धि गर्ने नाडा अटो सोको निरन्तर प्रयास रहनेछ ।

४–पाङग्रे, २–पाङग्रे र अटो कम्पोनेन्ट्सको अत्यधिक मागलाई ध्यानमा राखी, यस वर्ष तीनवटा हयाङ्रहरू राखिनेछन् । ६ दिनसम्म चल्ने नाडा अटो सो २०७५ मा १९ वटा ब्रान्डका ४–पाङ्ग्रे तथा २० वटा ब्रान्डका २–पाङ्ग्रे सवारी साधनहरू रहने विज्ञप्तिमा छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?