पुसभित्रै २२ मेगावाटको चाकु जलविद्युत्

अनिश तिवारी

सिन्धुपाल्चोक — निजी लगानीमा निर्माणाधीन २२ दशमलव २ मेगावाटको माथिल्लो चाकु ‘ए’ आयोजनाबाट पुसभित्रै विद्युत् उत्पादन हुने भएको छ ।

माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको ‘ब्रेकथ्रु’ भएको सुरुङ । तस्बिर : अनिश

आयोजनाको सुरुङको आइतबार ब्रेकथ्रु भएपछि निर्माण कम्पनीले पुसभित्र विद्युत् उत्पादन गर्न सकिने मार्गप्रशस्त भएको जनाएको हो ।

भीर, पहरा र कडा चट्टानले बनेको संरचनामा आयोजानको २ हजार ९ सय मिटरको सुरुङ ब्रेकथ्रु भएको छ । आयोजनाको निर्माण कार्य ०७१ साउनमा सुरु भएको थियो । जुरे पहिरो र भूकम्पलगायतको कारणले निर्माणमा ढिलाइ भएको हो ।

Yamaha

भोटेकोसी गाउँपालिकाको फुलपिङकट्टीस्थित चन्द्रखुमा बाँध निर्माण गरी ८ सय १५ मिटर हेडबाट पानी प्रवेश गराई विद्युत् उत्पादन गरिनेछ । शिवश्री हाइड्रोपावरले निर्माण गरिरहेको आयोजानको प्रतिमेगावाट लागत करिब १८ करोड पर्ने अनुमान छ ।

कम्पनीका कार्यकारी अध्यक्ष उमेश कसजुका अनुसार प्राकृतिक प्रकोपका कारण निर्माणमा ढिलाइ भएको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठ र कार्यकारी अध्यक्ष कसजुले विस्फोटको स्विच थिचेर ब्रेकथ्रु गरेका थिए ।

आयोजनाबाट करिब २२ किमि पश्चिम सुनकोसी विद्युत् केन्द्रमा रहेको लामोसाँघुस्थित राष्ट्रिय ग्रिडमा जोडिनेछ । ०६७ मा प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिएको थियो । तोकिएको समयमा निर्माण पूरा गर्न नसक्दा सुरुको इस्टिमेटभन्दा प्रतिमेगावाट करिब ३ करोडको लागत वृद्धि भएको छ ।

तिब्बतको सीमा क्षेत्र नजिकै रहेको साविक फुलपिङकट्टी र मार्मिन गाविस (हाल भोटेकोसी गाउँपालिका) को चाकु खोलाको पानी उपयोग निर्माणाधीन आयोजनामा सिटिजन इन्टरनेलिन बैंकको नेतृत्वमा १२ वटा अन्य बैंकले ७० प्रतिशत लगानी गरेका छन् । आयोजनामा ३० प्रतिशत स्थानीयको संस्थापक सेयर रहेको छ ।

आयोजनाले स्थानीय र सर्वसाधारणका लागि भविष्यमा २५ प्रतिशत सेयर जारी गर्ने तयारी छ । जारी सेयरमध्ये १० प्रतिशत स्थानीय (जिल्लावासी) ले पाउनेछन् ।

Esewa Pasal

प्रकाशित : भाद्र १९, २०७५ ०८:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पुल तर्नै मुस्किल !

अनिश तिवारी

सिन्धुपाल्चोक — अविरल वर्षाका कारण जताततै पहिरोले सडक र हिँड्ने गोरेटो बगाएपछि बालबालिकालाई कठिनाइ परेको छ । त्यसमा पनि वर्खायाममा उर्लेको खोला माथिको झोलुंगे पुलको नाजुक अवस्थाले गाउँलेलाई सास्ती थपिदिएको छ ।

‘घण्टौं हिँडेर पहिरो छल्दै पढ्न आउछौँ, त्यसैमाथि यो जोखिमपूर्ण पुल तर्नै मुस्किल पर्छ,’ बाह्रबिसे नपा घुम्थाङबाट पढाइ सकेर घर मानेश्वारा फर्केकी कक्षा ४ मा अध्ययनरत कविता तामाङले भनिन्।
घण्टौं हिँडेर गाउँबाट तल झर्नुपर्ने र त्यसैमाथि पुलको काठजति सबै बगाएपछि डण्डीमा टेकेको भरमा आउजाउ गरिरहेको उनले सुनाइन्। बाह्रबिसे नगरपालिका-७ स्थित पहिरेखोलाले पुलको टाँगिएका सबै काठ बगाएर बीचको फलामे डण्डिमात्रै बाँकी राखेको छ।
‘छेउमा समातेर तर्नै डर लाग्छ, खुट्टा डण्डिभित्रबाट तल छिर्‍यो भने घाइते होइन्छ, त्यसैले दिनहुँ पार गर्नकै पिरलो हुने गर्छ, ’उनले भनिन्।
उनीजस्ता झण्डै २० बालबालिका यस्तै समस्या ब्यहोर्न बाध्य छन्। पहिरेखोला तर्नको लागि अरु माध्यम नभएका कारणले जोखिमपूर्ण पुल तरेर घर आउने गरेको भद्रकाली माध्यमिक विद्यालयको कक्षा ५ का छात्र सन्तोष तामाङले बताए। ‘बर्खापछि यस्तै समस्याले च्याप्छ , चाडै पुलको मर्मतलाई थालिए सहज हुने थियो,’ उनले भने।
स्थानीय शिक्षक रामचन्द्र पौडेलका अनुसार पहिरे खोलामा आएको बाढीले पुललाई क्षतिग्रस्त बनाएपछि बालबालिकालाई तर्नै मुस्किल बनेको छ। ‘खोलामा बालबालिका, वृद्धदेखि सबैलाई आउजाउ गर्न सकस बनेको छ, चाडै मर्मत नगरिए दुर्घटना निम्तन सक्छ,’ उनले भने।
वडाध्यक्ष मिनबहादुर श्रेष्ठले हप्तादिनमा पुललाई मर्मत गर्ने कार्यमा पहलकदमी लिने बताए।
‘उपभोक्ता समितिको विवादले काम नथालिएको हो, अब केही समयमा नै काम गर्ने समिति बनाएर कार्यलाई अगाडि बढाइनेछ ,’उनले भने। उनले वडाबाट पहिरे पुललाई दुई लाख बजेट छुट्याए काम थाल्ने सुनाए।
‘अरु दुई पुल पनि मर्मत गर्नुपर्ने भएको छ,’ उनले भने।

प्रकाशित : भाद्र १८, २०७५ १५:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT