रसुवागढी सडक सञ्चालन

बलराम घिमिरे

रसुवा — करिब एक महिनादेखि अवरुद्ध रसुवागढी नाका जोड्ने सडकमा सोमबारदेखि सवारी साधन सञ्चालनमा आएको छ ।

रसुवागढी सडक सञ्चालन

रसुवागढी नाका जोडने सडकखण्डको विभिन्न स्थानमा गएको पहिरो पन्छाउने काम सकिएकाले सोमबारदेखि सवारी सञ्चालनमा आएका हुन । रसुवागढी नाका नजिकैको पहिरो, घट्टेखोलाको पुललाई बाढीले पुर्‍याएको क्षति र गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भीर र धुन्चेतर्फ गएको पहिराले एक महिनादेखी सडक अवरुद्ध भएको हो ।

बाटो अवरुद्ध हुँदा करिब १ हजार २ सय कन्टेनर बराबरको सामान केरुङमा थन्किएको थियो । भूकम्पले तातोपानी नाका बन्द भएपछि प्रमुख नाकाका रूपमा सञ्चालित रसुवागढी नाकासमेत अवरुद्ध हुँदा व्यवसायीले झन्झट बेहोर्नुपरेको छ । यातायात अवरुद्ध हुदा सामान बोकेका सयौं कन्टेनर बाटैमा अलपत्र परेका छन् ।

स्याउलगायत कुहिने सामग्रीहरू व्यवसायीले बोकाएरै राजधानी ल्याइरहेका छन् । व्यापारीहरूले स्याउको ढुवानी मान्छेलाई बोकाएर लैजान थालेका छन् । यातायात अवरुद्ध भएपछि रसुवा भन्सारको कारोबार ठप्प भएको छ । दैनिक करोडौं राजस्व असुल हुने नाका सुनासान छ ।

दसैंमा चिनियाँ तयारी पोसाकको बढी माग हुने गरेको छ । यातायात अवरुद्ध हुँदा सबैभन्दा बढी व्यवसायी मर्कामा परेका छन् । एकातिर व्यापारीले लाखौं घाटा बेहोरिरहेका छन् अर्कातर्फ सरकारको राजस्व गुमाइरहेको छ ।

बाढीले क्षति पुर्‍याएको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलाको पुल मर्मत गत बुधबार नै सकिएको छ । उक्त पुलबाट यातायात सञ्चालन भइसकेको छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?