पेट्रोलियम पदार्थको मूल्य वृद्धि 

नयाँ मूल्य आजै राति १२ बजेबाट लागु हुने 
राजु चाैधरी

काठमाडौँ — नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धी गरेको जनाएको छ ।

फाइल तस्बिर

पेट्रोलियम पदार्थमा मूल्य वृद्धी भएसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य ११२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मुल्य १४ सय रुपैयाँ हुने छ।

Yamaha

निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी गर्नुपरेको आयल निगमले जनाएको छ।

प्रकाशित : भाद्र २०, २०७५ २२:३३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

साफ च्याम्पियनसिपः भारतले श्रीलंकालाई २-० ले हरायो

कान्तिपुर संवाददाता

ढाका — साफ च्याम्पियनसिप २०१८ को समूह 'बी' को पहिलो खेलमा भारतले श्रीलंकालाई २-० गोल अन्तरले हराएको छ ।

बुधबार राति बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा भारतले ३५ र ४७ मिनेटमा गोल गर्दै श्रीलंकामाथि जित हासिल गरेको हो।

भारतको तर्फबाट ३५ औं मिनेटमा आशिक्यू कुरुनियनले र ४७ औं मिनेटमा लालियनजुएला छाङ्टेले गोल गरे।

खेलमा श्रीलंकाले गोल गर्ने राम्रो अवसरहरु पाए पनि गोल भने गर्न सकेन।

समूह 'बी' मा भारत, श्रीलंका र माल्दिभ्स छन्।

प्रकाशित : भाद्र २०, २०७५ २२:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT