पेट्रोलियम पदार्थको मूल्य वृद्धि 

नयाँ मूल्य आजै राति १२ बजेबाट लागु हुने 
राजु चाैधरी

काठमाडौँ — नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धी गरेको जनाएको छ ।

फाइल तस्बिर

पेट्रोलियम पदार्थमा मूल्य वृद्धी भएसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य ११२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मुल्य १४ सय रुपैयाँ हुने छ।

Yamaha

निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी गर्नुपरेको आयल निगमले जनाएको छ।

प्रकाशित : भाद्र २०, २०७५ २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बल्खुकाे तरकारी बजारमा बिहानै अनुगमन, एक व्यापारी पक्राउ

राजु चाैधरी

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले साेमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेकाे छ । बिहान ४ बजे नै टाेली तरकारी बजार पुगेकाे थियाे । अनुगमनमा अवराेध गरेकाे भन्दै व्यापारी रबि शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।


प्रकाशित : भाद्र ११, २०७५ ०७:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT