१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
अर्थ / वाणिज्य

Nepali Business & Economics News

लाङटाङ जलविद्युत्लाई लगानी जुटयो

रसुवामा निर्माण हुने लाङलाटङ जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । २० मेगावाटको आयोजनामा ४ बैंकले २ अर्ब ७३ करोड लगानी गर्ने भएका छन् ।

लाङटाङ जलविद्युत्लाई लगानी जुटयो
भाद्र २०, २०७५

पेट्रोलियम पदार्थको मूल्य वृद्धि 

नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धी गरेको जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि 

बिमस्टेकमा परराष्ट्रको बाहेक १५ करोड खर्च

गत साता काठमाडौंमा सम्पन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलनमा परराष्ट्रबाहेकका निकायले करिब १५ करोड रुपैयाँ खर्चको प्रस्ताव पेस गरेका छन् ।

बिमस्टेकमा परराष्ट्रको बाहेक १५ करोड खर्च

‘तरकारी र फलफूलको सन्दर्भ मूल्य तोक’

तरकारी तथा फलफूल कारोबारमा देखिएको विकृतिलाई रोक्न सरकारलाई सन्दर्भ मूल्य तोक्न सिफारिस गरिएको छ । बिचौलियाको तह घटाउन गठित कार्यदलले मूल्य तोक्नेसहित दर्जनभन्दा बढी सुझाव दिएको हो ।

‘तरकारी र फलफूलको सन्दर्भ मूल्य तोक’

अर्जेन्टिनामा संकट: कर बढाउने र खर्च घटाउने घोषणा

मुद्रा संकट गहिरिँदै गएपछि अर्जेन्टिनी सरकारले कर बढाउने र सरकारी खर्च घटाउने घोषणा गरेको छ । टेलिभिजन सम्बोधनमा राष्ट्रपति मौरिसियो म्याक्रीले कमाएको भन्दा बढी खर्च गर्न नहुने बताए ।

अर्जेन्टिनामा संकट: कर बढाउने र खर्च घटाउने घोषणा

गुणस्तरीय इन्टरनेटमा प्रयोगकर्ता आकर्षित

गुणस्तरीय इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेख्य बढेको छ । एक वर्षको अवधिमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या तीन गुणा बढेको छ ।

गुणस्तरीय इन्टरनेटमा प्रयोगकर्ता आकर्षित

सल्यानको टिमुर फ्रान्स निर्यात

यहाँको टिमुर फ्रान्स निर्यात हुन थालेको छ । केही वर्षअघिसम्म स्थानीय बजारमै खपत नहुने टिमुर फ्रान्स जान थालेपछि भाउ अकासिएको छ । गत वर्ष पाँच सय रुपैयाँमा बिक्री भएको टिमुर यस वर्ष प्रतिकिलो १ हजार रुपैयाँ पुगेको छ ।

सल्यानको टिमुर फ्रान्स निर्यात

मनास्लुमा बर्सेनि बढ्दै पर्यटक

मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि आउने पर्यटक बर्सेनि बढेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) को तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४/७५ ७ हजार २ सय ३ पर्यटक मनास्लु घुम्न आएका थिए ।

मनास्लुमा बर्सेनि बढ्दै पर्यटक

चिया मजदुरले मागे न्यूनतम पारिश्रमिक

चिया मजदुरले बगान र कारखानामा श्रम ऐन कार्यान्वयन गर्न र सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक लागू गर्न माग गरेका छन् । उनीहरूले यसका लागि सोमबार प्रदर्शनसमेत गरेका छन् ।

चिया मजदुरले मागे न्यूनतम पारिश्रमिक